काठमाडौं, २३ असार । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।राई हालैमात्र डीआईजीमा बढुवा भएर महानिरीक्षक ९आईजीपी०को सचिवालयमा पदस्थापन भएका हुन् ।
उनी आफ्नो भर्ना ब्याचबाट दोस्रो नम्बरमा रहेर डीआईजीमा बढुवा भएका थिए ।नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुन दर्जालाई दिने निश्चित छैन । आईजीपीले आफ्नो तजबिजी अधिकार प्रयोग गरी प्रवक्ता तोक्ने गरेका छन् । तर, पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिँदै आएको छ।



















प्रतिक्रिया दिनुहोस्