ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी पदाधिकारीको भ्रमणबारे विज्ञः नेपाललाई इण्डो प्यासिफकमा लैजाने गन्ध


एबीसी / संवाददाता

काठमाडौं, २६ जेठ ।  अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख फ्लिन नेपाल भ्रमणमा आउनुले यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ । नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको अवसरमा उच्च तहमा विभिन्न उच्चपदस्थ पदाधिकारीहरुको भ्रमण हुनेकुरा दुवै देशले दाबी गर्दै आइरहेका छन् । दुवै देशका कुटनीतिक अधिकारीहरुले यो बीचमा दुवै देशका उच्चपदस्थ पदाधिकारीहरुको भ्रमणलाई विशेष चासोका साथ लिएका छन् । आगमी असारमा प्रधान सेनापति शर्मा र त्यसपछि प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने कार्यक्रम छ । अमेरिकी उच्चपदस्थ पदाधिकारीहरुको नेपाल भ्रमण र नेपाली उच्च पदस्थ पदाधिकारीहरुको अमेरिका भ्रमणको कुरा चलिरहेको सन्दर्भलाई त्रिभूवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागका प्राध्यापक खड्ग केसी भने नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही बदलाव आएको बताउनु हुन्छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा बिहीवार उहाँले एमसीसीपछि नेपाल र अमेरिकीबीच भ्रमण बाक्लिँदै गएको र स्वभाविक रुपमा एमसीसी इण्डोप्यासिफिकको अंग होइन भनेपनि यसले रणनीतिक महत्व राखेको पुष्टि हुँदै गएको बताउनु भयो । उहाँले एमसीसी विशुद्ध विकास परियोजना भएको भए यो तहको बाक्लो राजनीति अन्तरसम्बन्धको तहमा पुग्ने अवस्था नहुँदा पन िफरक नपर्ने बताउनु भयो । प्राध्यापक केसीले छिमेकसँगको सम्बन्ध नेपालको सुरक्षाको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने र त्यसपछि मात्रै समृद्धिको सपना देख्ने र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि घनिभुत बनाउने कुरा रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सुरक्षाका हिसावले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्नु नहुने बताउनु भयो । प्राध्यापक केसीले छिमेकीको चित्त दुखाएर टाढाको देशलाई सरकारले प्राथमिकतामा राख्छ भने त्यसलाई सरकारको बुछिमतायुक्त काम भन्न नसकिने जिकिर गर्नुभयो । अमेरिका विश्व शक्ति भएकोले जुनकुनै देशमा जाने कुरा सामान्य भएपनि अमेरिकाबाट के ग्रहण गर्ने र नगर्ने भन्ने कुरा देशले स्वयं विचार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीपछि नेपाल र अमेरिकीबीच भ्रमण घनीभुत, बाक्लिँदै गएको कुरा थाहा छँदैछ । स्वभाविक हिसावले एमसीसी इण्डोप्यासिफिकको अंग होइन भनेपनि यसले अलिकति रणनीतिक महत्व राख्छ भन्ने पुष्टि हुँदैछ । किनभने त्यो एउटा विशुद्ध विकास परियोजना थियो भने यो तहको बाक्लो राजनीति अन्तरसम्बन्धको तहमा पुग्ने अवस्था नहुँदापनि फरक पर्दैन थियो । त्यसकारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही बदलाव आएको छनक दिन्छ । जतिबेला अमेरिकी कुटनीतिक विज्ञले तिब्बतीयन शरणार्थी शिविरमा भ्रमण गर्नुभयो । त्यो नेपालको राष्ट्रिय सुरक्षाका हिसावले नेपाल सरकारले अत्यन्तै लाचार काम गरेको हो, राजनीतिक स्तरबाट भन्ने आफ्नो स्तरबाट होला । किनभने १९६०/१९७० मा यो मुलुकमा राजा थिए, कम्युनिष्ट राजाको कुनै सातपुस्ताको साइनो हुँदैन । यो मुलुकको सुरक्षाको लागि छिमेकसम्बन्ध अत्यन्तै महत्वपूर्ण हो । त्यसपछि बल्ल हामी समृद्धिको सपना देख्ने र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि घनिभुत बनाउने कुरा हाम्रो प्राथमिकतामा नै रहनुपर्छ । अमेरिकासँग ७५ वर्ष लामो सम्बन्ध छ । तर राष्ट्रिय सुरक्षाका हिसावले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्नुहुँदैन । यस्तो काममा कुनैपनि सरकारले प्रोत्साहन गर्छ भने त्यो सरकारले गरेको कामलाई बुद्धिमतापूर्ण हो भन्न सकिँदैन । अमेरिका एउटा विश्व शक्ति हो । संसार घुमिरहनु हुन्छ । हाम्रोमा आउने कुरालाई हामीले स्वागतै गर्नुपर्छ । तर कति कुरा ग्रहण गर्ने भन्ने कुरा राष्ट्रिय महत्वको प्रश्न हो । त्यसमा सत्तारुढ दलका नेताहरुले ख्याल गर्नुपर्ने हो तर नगरेजस्तो छनक देखिएको छ ।’

प्राध्यापक केसीले एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढीरहेको बताउनु भयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताउनु भयो । उहाँले धेरै गठबन्धन हुनु भनेको सरकार कमजोर हुनु रहेको भन्दै गठबन्धनमा सम्मिलित कुनै दलले कहिले पार्टी छोड्ने हो भन्ने चिन्ता नेतृत्वलाई हुने गरेको बताउनु भयो । प्राध्यापक केसीले नेपालको समकालीन राजनीतिक नेतृत्वहरु सत्ता केन्द्रित र बेइमानी भएपनि मुलुकलाई कुनैपनि सुरक्षा सम्झौतामा लगेर दुर्घटनामा पु¥याउन नसक्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पार्नुभयो । उहाँले अमेरिकाबाट आर्थिक सहयोग, विज्ञान र प्रविधिका कुराहरु सिकेर अहिलेको जस्तै सम्बन्ध सुमधुर राख्नुपर्ने तर पछिल्ला भ्रमणका घटनाक्रम हेर्दा नेपालका राजनीतिक नेतृत्वहरु देशप्रति भन्दा विदेशी शक्तिप्रति ढल्किएको भान हुन थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पछिल्ला इण्डिकेटरहरुले एमसीसी पास भएपछि यूएसएले ठूलो रकम दिने भन्ने कुरा सुन्यौँ । यताबाट भन्दापनि अमेरिकाबाट नै बढी उच्चपदस्थ व्यक्तिहरु आउनुभएको छ । अहिलेसम्म तिब्बत हेर्ने भनेर अमेरिकाको प्रेसिडेन्सियल स्पेशलरुपमा नेपालमा कोहीपनि आउनुभएको थिएन । फस्र्टटाइम आयो र जसले तिब्बतीयन शरणार्थी शिविरभित्र नै गएर खुलमखुल्ला तिब्बतीयनहरुलाई भेट्ने अवसर पायो । नेपालभित्रको धमिलो पानीमा माछा मार्ने हामी जब पोल्टिकल्ली अनस्टेबल हुन्छौँ, राजनीति जब धेरै दल मिलेको कमजोर सरकार बन्छ, गठबन्धन धेरै भयो भने सरकार कमजोर हो । किनभने कुन बेला सरकार ढल्छ भनेर मात्रै नेतृत्व गर्ने मान्छेले चिन्ता गर्नुपर्ने भनेको कमजोर सरकार हो । वैद्यता कमजोर भएको फाइदा इन्टरनेशनल फोर्सेसहरुले जहिल्यै उठाउन खोज्छन् । एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढीरहेको छ । यो मुलुकलाई कुनैपनि सुरक्षा एलाइन्सेसमा लगेर दुर्घटनामा पु¥याउनु नेपालको समकालीन राजनीतिक नेतृत्वहरु जतिसुकै सत्ता केन्द्रित र बेइमानी भएपनि त्यो हदसम्म नजालान् कि भन्ने अपेक्षा म गर्दछु । किनभने हामी असंलग्न परराष्ट्रनीतिमा छौँ । हामी अमेरिकासँग यस्तै सुमधुर सम्बन्ध राख्न चाहन्छौँ तर सुरक्षा छाताभित्र रहेर होइन । अमेरिकासँग आर्थिक सहयोग, साइन्स एण्ड टेक्नोलोजी, सबैखाले इन्गेजमेण्ट बनाऔँ, तर सुरक्षा नीतिमा संलग्न नहोऔँ । जियाको भ्रमण जुन नेपालमा भयो त्यसले शंका गर्ने ठाउँ छ । यसले राजनीतिक नेतृत्व इमान्दार छैन कि भन्ने भान हुन्छ ।’

प्राध्यापक केसीले सत्तारुढ दलका नेताले अमेरिकी उच्च पदस्थ व्यक्तिहरुको नेपाल भ्रमणलाई लिएर विशेष चासो र चिन्ता नगरेको बताउनु भयो । एमसीसी पास भएपछि उच्च पदस्थ अमेरिकी पदाधिकारीको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आउनुभएको थियो । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्राण्डको नेतृत्वको सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथामध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल भ्रमण गर्नुभएको थियो । बिहीवार ४ दिने नेपाल भ्रमणका आउनुभएका प्रमुख चाल्र्स ए फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com