ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा आठ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो सवारी ट्रायल सेन्टर सञ्चालनमा आउने


एबीसी / संवाददाता
जेष्ठ २५, २०७९ बुधबार   ७ : ४९   बजे

काठमाडौं, २५ जेठ । चितवनमा आठ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ ।

भरतपुर महानगरपालिका–८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा दुई बिघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।चितवनमा आगामी आर्थिक वर्ष २०७९ र २०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया सुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बरबहादुर थापाले जानकारी दिए ।उनका अनुसार ट्रायल सेन्टर आगामी असारको पहिलो सातादेखि सञ्चालनमा आउने छ । २४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

प्रशिक्षण केन्द्रमा दुई चक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ । ‘हामीले २४ सै घण्टा प्रशिक्षण दिने उद्देश्यसहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौं’, उनले भने, ‘एकैदिनमा तीन हजार जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।’यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै सम्भवत सुविधा सम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको अर्का लगानीकर्ता तथा आर्किटेक्ट ईञ्जिनीयर सुजन नेपालले जानकारी दिए ।उनका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनौट गरेको खण्डमा दैनिक एक हजारसम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहेको छ ।हाल प्रशिक्षण केन्द्रमा १५ ओटा कार, ५० ओटा मोटरसाइकल, २५ ओटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले जानकारी दिए । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । योसँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ ओटा सवारी चालक प्रशिक्षण केन्द्र पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group