ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न विश्व समुदायसँग राष्ट्रपति भण्डारीको आग्रह


एबीसी / संवाददाता
बैशाख ८, २०७९ बिहीबार   ३ : १२   बजे

काठमाडौँ, ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासन्मोख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकहरूसँग आग्रह गर्नुभएको छ ।

चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको हो । भण्डारीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक सुधारका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउनसमेत विशेष आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारीका गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुकले सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । जलवायु परिवर्तनका कारण हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै भण्डारीले त्यसबाट बच्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘कोभिड-१९ र त्यसपछिको विश्वव्यापी विकास र साझा भविष्यका लागि सँगै काम गरौँ’ भन्ने नारासहित बुधबारदेखि सुरू सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group