ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन् : शेखर कोइराला


एबीसी / संवाददाता
बैशाख ७, २०७९ बुधबार   ६ : ५३   बजे

काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताउनुभयो । नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताउनुभयो । उहाँले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताउनुभयो । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उहाँले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो -‘आज के, कति कारणले, किन, हामीहरु कम्युनिष्टहरुसित मिलेर, गठबन्धन गरेर, अगाडी गइराख्या छौँ रु के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शिर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ? के हामी कमजोर छौँ रु मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । मलाई लाग्दैन नेपाली कांग्रेस एक्लै लड्यो भनेपनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने मलाई आत्मविश्वास छ । हामीहरु के कारणले कम्युनिष्टहरुसित मिलेर स्थानीय निर्वाचनमा अगाडी गइराखेका छौँ रु. ३६ लाख नयाँ भोटरहरु छन् । ३४ प्रतिशत हामिसित भोट छ । त्यसलाई ४० प्रतिशत कसरी बनाउने रु. त्यो ३६ लाख भोटरलाई हामीहरुले नेपाली कांग्रेस बनाउन सकेनौँ, त्यसमध्ये १० लाख, २० लाख गरेर हामीले अगाडी बढाउन सकेनौँ भने नेपाली कांग्रेस फेरी कमजोर हुन्छ । अघि हामीले कानेखुशी गर्दै थियौँ गगनजीले मलाई भन्नुभयो दाई, कस्तो बिडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो भनेर भन्दै हुनुहुन्थ्यो । यो अवस्था किन आयो रु के कारणले आयो रु त्यसको लेखाजोखा यो निर्वाचन पछि हामी गरौँला । तर यो निर्वाचन नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन तपाईहरु घर घर गएर जिताउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु । नेपाली कांग्रेसलाई कसैको वैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन ।’ उहाँले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन घर–घरमा जानपनि विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group