ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस-युक्रेन युद्धका कारण खाद्यान्न अभाव : खाद्यान्न उपलब्ध गराउन भारत तयार


एबीसी / संवाददाता
बैशाख ६, २०७९ मंगलबार   १२ : ३५   बजे

काठमाडौँ, ६ बैशाख । रुस-युक्रेन युद्धका कारण खाद्य समस्या बढ्दै गएको बेला भारतले बाँकी विश्वलाई खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताएको छ । युद्धको प्रभावले विश्वभर खाद्यान्नको मूल्य बढिरहेको छ भने कतिपय बजारमा अभाव नै सुरु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले अनुमति दिएमा तत्कालै उपलब्ध गराउन सक्ने बताउनुभएको बीबीसीले जनाएकाे छ ।

प्रधानमन्त्री मोदीले भारतसँग एक अर्ब ४० करोड मानिसलाई पुग्ने पर्याप्त खाद्यान्न भण्डारणमा रहेको बताउनुभएको छ । रुस युक्रेन युद्ध सुरु भएपछि खाद्यान्नको मूल्य र अभाव १० वर्षयताकै उच्च भएको छ । रुस र युक्रेनले विश्वव्यापी गहुँ निर्यातको एक तिहाइ हिस्सा ओगटेका छन् । यस्तै, मकै र जौ निर्यातको १७ प्रतिशत हिस्सा रुस र युक्रेनले ओगटेका छन् । दुवै देश युद्धमा रहेकाले अहिले त्यहाँबाट निर्यात हुन नसक्दा विश्वभर अभाव बढ्दै गएको हो ।

धान र गहुँको दोस्रो ठूलो उत्पादक भारतसँग सात करोड ४० लाख टन धान र गहुँ स्टकमा रहेको बीबीसीले जनाएको छ । भारतसँग गहुँको पर्याप्त भण्डारण रहेकाले तत्काललाई अभाव टार्न सक्ने अपेक्षा गरेको संयुक्त राष्ट्र सङ्घ अन्तर्गत खाद्य र कृषि सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group