ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ५२ दिन पूरा, एक करोड १० लाख नागरिक विस्थापित, दशौं हजारको मृत्यु


एबीसी / संवाददाता

काठमाडौँ, ३ बैशाख । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज  ५२ दिन पूरा भएको छ । एक करोड १० लाख भन्दा बढी जनता विस्थापित समेत भएका छन । साथै दशौं हजार मानिसको मृत्यु समेत भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेबु्रअरी २४ मा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि सुरु भएको आक्रमण शनिबार ५२ दिन पूरा भएको छ । सो अविधिमा करिब ४ करोड ४० लाख जनसंख्या रहेको युक्रेनमा एक करोड १० लाख भन्दा बढी जनता विस्थापित भएका छन् । दशौं हजार सर्वसाधारणको ज्यान गएको छ भने हजारौं सर्वसाधारण युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।

युक्रेनको राजधानीसहितका मुख्य शहरहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको बताएका छ । त्यस्तै, झण्डै १४ हजार युक्रेनी सैनिक मारिएको मार्च २५ मा रुसी रक्षा मन्त्रालयले उल्लेख गरेपनि हताहतीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । दुवै पक्षका सयौं लडाकु विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । हिजो मात्रै रुसले ब्ल्याक सीको सोभियतकालीन युद्धपोत गुमाएको छ । रुसको लागि महत्वपूर्ण रहेको ‘मोस्कभा’ नामक युद्धपोतमा आफूले मिसाइल प्रहार गरेको युक्रेनको दावी छ ।

आफ्नो युद्धपोत डुबेपछि त्यसको बदला लिन मस्कोले युक्रेनमाथि आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ । आज  बिहानै किभमा शक्तिशाली विस्फोटन सुनिएको रोयटर्सले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको ५२ दिनको प्रतिरक्षालाई उपलब्धिको रुपमा हेरिउको बताएका छन । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युद्ध सुरु भएयता गत मंगलबार सार्वजनिक रूपमा टिप्पणी गर्दै युक्रेन युद्धमा रुसले आफ्नो लक्ष्य हासिल गर्ने दावी समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com