ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिवक्ता गोबिन्द बन्दी कानुनमन्त्रीमा नियुक्त


एबीसी / संवाददाता
चैत्र २४, २०७८ बिहीबार   २ : २४   बजे

काठमाडौँ, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई बिहिबार कानुनमन्त्री नियुक्त गर्नुभएको हो ।  निर्वाचन आयोगले भोली शुक्रबारदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेपछि बन्दीलाई बिहिबार नै मन्त्री बनाइएको हो । बन्दीले राष्ट्रपति भण्डारीबाट आजै दिउँसो २ बजे पद तथा गोपनियताको सपथग्रहण गर्नुहुनेछ ।

बन्दी गैर सांसद हुनुहुन्छ । प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई पनि राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने गर्न सक्ने संविधानको धारा ७८ मा उल्लेख छ । तर त्यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ । हाल कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनु भएका दिलेन्द्रप्रसाद बडुलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । यो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आउनु भएको छ । बन्दी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group