ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा र मोदीले भोलि भर्चुअल माध्यामबाट नेपाल रेल सेवाको उद्घाटन गर्ने, पर्सिदेखि नियमित रेल चल्ने


एबीसी / संवाददाता

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीमा रहेको हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअली उद्घाटन गर्नुहुने भएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यस अघि नै सञ्चालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः सञ्चालनमा ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअली संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशिष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ । रेल सञ्चालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भईसकेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले रेल्वे सञ्चालन भएपछि धनुषाका स्थानीयबासीहरुलाई यातायातको सहजता आउनुका साथै उनीहरुलाई आवतवापत गर्न निकै सुविधा हुने बताउनुभयो ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ । उद्घाटन भएपछि पर्सि आईतबारदेखि दैनिक रुपमा दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताउनुभयो । बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साँढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताउनु भयो । जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउने छ भने बिहान साँढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताउनुभयो ।

गत फागुन १ देखि जयनगर-जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । रेल्वे स्टेशनमा सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । उदघाटनस्थल जयनगर र जनकपुरमा समेत भव्य रुपमा मण्डालको निर्माण गरिएको छ । रेल्वेका महाप्रबन्धक झाले दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरे लगत्तै रेल्वे सञ्चालनमा आउने छन ।
विक्रम संवत १९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो । त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा बग्गीसहित वाष्प इन्जिन सहयोग गरेको थियो भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो । अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । त्यही अनुसारको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com