ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी : अध्यक्ष दाहाल


एबीसी / संवाददाता

काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो ।

उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णयसँगै अब कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाउने बताउनुभयो । महानगर र उपमहानगरमा गठबन्धन दलहरुले छलफल गर्ने र सोही अुनसार टुंगो लगाउने प्रचण्डको भनाइ छ । गठबन्धनको भोलि बैठक बस्ने र यसबारे निर्णय हुने बताउँदै उहाँले चुनावतर्फ सबै राजनीतिक दल लागिसकेको बताउनु भयो । निर्वाचन हुने सुनिश्चत भएको र नेकपा माओवादी केन्द्र पनि यसको तयारीमा जुटिसकेको बताउँदै पार्टीकै निर्णय अनुसार गठबन्धन हुने प्रचण्डको भनाइ छ ।

उर्जामन्त्री पम्फा भुषाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रचण्ड चितवन आउनुभएको हो । उहाँले आज राप्ती नगरपालिकामा हर्दी विद्युत सवस्टेशनको उद्घाटन गर्ने, भरतपुर महानगरमा नारायणी तटबन्ध र पश्चिमतर्फको रिङरोड खण्ड शिलान्यस गर्ने र भरतपुर २२ धनौजीमा कभर्डहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com