ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका सातमध्ये पाँच प्रदेशका सभापति चुनावी गठबन्धनको विपक्षमा


एबीसी / संवाददाता
चैत्र ११, २०७८ शुक्रबार   ६ : ५६   बजे

काठमाडौँ, ११ चैत । सत्तारुढ नेपाली कांग्रेसका सातमध्ये पाँच प्रदेश समितिका सभापति आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रुपमा प्रदेश सभापतिहरूले आफ्ना भनाइ राख्दै गठबन्धनको विपक्षमा आफूलाई उभ्याएका हुन्।

गठबन्धनका विपक्षमा मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर उभिनुभएको हो। यीमध्ये लुम्बिनी र गण्डकी प्रदेशका सभापति गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन्। सुदुरपश्चिमका बलायर बैठकमा उपस्थित हुनुहुन्न। उहाँ गठबन्धनका विपक्षमा उभिनुभएको हो। कर्णालीका सभापति ललितजंग शाही माओवादीले दुःख दिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नपर्ने पक्षमा देखिनुभएको छ। केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उहाँको मत छ। प्रदेश २ का सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताउनुभएको छ।

प्रदेश १ का उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिनुभएको छ। उहाँहरुले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासीनहरूबीच गठबन्धन हुनुपर्ने बताउनुभएको छ। आजको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, ६ प्रदेश सभापपति गण्डकीका मुख्यमन्त्रीले धारणा राख्नुभयो। भोलि शनिबार बिहान ११ बजे पुनः बैठक बस्नेछ। बैठकमा महामन्त्री गगन थापाले एजेन्डा प्रस्तुत गरेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group