ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन


एबीसी / संवाददाता
फाल्गुन ९, २०७८ सोमबार  ५ : २९ बजे

काठमाडौँ, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताउनु भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्नु हुँदै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भाषा, कला, संस्कृतिका क्षेत्रमा नेपाल विश्वमै धनी देश हो, यहाँ सयौँ भाषाभाषीहरू रहेका छन्, भाषाको विकास गर्न नसके देशको विकास हुन गाह्रो छ ।” सोही कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल प्रज्ञा-प्रतिष्ठानले करिब ४० प्रतिशत भाषाहरू लोप हुन थालेको जानकारी गराएकाले हाम्रा भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको सधैँ जगेर्ना गर्नुपर्ने धारणा राख्नुभयो । अङ्ग्रेजी भाषालाई अहिले बढी प्रयोगमा ल्याइने गरेका कारण पनि नेपाली मौलिक तथा मातृभाषा लोप हुन थालेकोप्रति इङ्कित गर्नुहुँदै उपराष्ट्रपति पुनले भन्नुभयो, “जुनसुक्कै भाषा सिक्नु राम्रो हो तर आफ्नो मौलिक भाषा, कला तथा संस्कृति बिर्सिनु राम्रो होइन ।” यसैगरी उपराष्ट्रपति पुनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सोही कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा बिना इतिहाससँग सम्बन्धित सामग्रीको समेत कल्पना गर्न नसकिने बताउँदै भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा भनेको आफ्नो मौलिक पहिचान गराउने चीज हो, लोप भइरहेका भाषा संरक्षण गर्नु आजको आवश्यकता हो ।” यसैगरी मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताउनुभयो । यसैगरी मन्त्री आलेले साङ्केतिक भाषा प्रयोग गर्नेहरूका हकमा त्यही भाषा नै उनीहरूको मातृभाषा भएको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com