ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडोमा भित्रि पहिरन कस्तो लगाउने, के लगाउने ?


एबीसी / संवाददाता
मंसिर २६, २०७८ आईतबार   ३ : २७   बजे

काठमाडौं । हिउँदको महिना भएकाले जाडो बढ्दै गइरहेको छ । जाडोमा के खाने र कस्तो कपडा लगाउने चिन्ता सबैलाई हुन्छ । त्यसमाथि भित्रि पहिरन फेसनेवल र स्टाइस नै रोज्ने युवाहरु धेरै छन । बजारमा चल्तीमा आएका भित्रि कपडाले व्यक्तित्व झल्काउने मात्र होइन स्मार्ट पनि देखाउँछ ।

यस्ता कपडा लगाउनु भनेको जाडोबाट बच्नु मात्र होइन फेसनमा रमाउनु पनि हो । भित्रि कपडा न्यानो र कसिलो लगाइयो भने बाहिरबाट उकुसमुकुस हुने बाक्लो स्विटर वा ज्याकेटहरु लगाइरहनु पर्दैन । हल्का र छरितो कपडा बाहिरबाट लगाउँदा हिंडडुल गर्न सहज हुन्छ ।नेपाली बजारमा धेरै किसिमका भित्रि पहिरनहरु उपलब्ध छन । जाडो मौसम सुरु हुनासाथ यस्ता कपडाहरुको माग बढ्ने गर्छ । ठूला व्यापारिक मल वा कम्प्लेक्सहरुमा ब्रान्डेट भित्रि पहिरनका छुट्टै पसलहरु संचालित छन ।

 

थर्मल थर्मकोट,

मोजा, हाइनेक, स्टकिङ, नाइट गाउन साथै इनरवेयर लगायतका पहिरनहरु जाडोमा धेरै विक्री हुने गर्छ । पसिना नगनाउने तथा एलर्जीको समस्या नहुने भएकाले फेसनएवल पुस्ताले ब्रान्डेट पहिरनहरु धेरै रुचाउने गरेको व्यापारीहरु बताउँछन ।

नेपाली बजारमा यस्ता कपडा बढी मात्रामा भारत, चीन, थाइल्याण्डबाट आउने गरेका छन् । जसमध्ये चीनमा उत्पादित कपडा बढी विक्री हुने गरेको छ । चीनबाट ६ सय ५० मा आउने भित्री कपडा जाडो मौसममा १५ सय रुपैंयासम्म विक्री हुन्छ ।

 

थर्मल

महिला र पुरुषका बजारमा उपलब्ध भइरहेको थर्मल जाडो मौसमा धेरै विक्री हुने पहिरन हो । बजारमा पाइने जक्की, डलर, अमूल, रोबर लगायत ब्राण्डका यस्ता पहिरन लगाउन सजिलो र न्यानो हुन्छ ।

महिलाहरुका लागि रातो, गुलाबी र प्याजी साथै पुरुषहरुका लागि खैरो, कालो र सेतो रङ्ग पुरुषहरू बढी विक्री हुन्छ । थर्मलको सेटलाई न्यूनतम एकहजार देखि १८ सय रुपैंयासम्म मूल्य पर्छ ।

स्टकिङ

महिलाहरुले जाडो महिनामा विशेष गरी स्टकिङ किन्न रुचाउँछन् । सजिलो र न्यानो भएकाले स्टकिङ पहिरिने युवतीहरुको संख्या धेरै छ । कतिपय व्यापारीहरु स्टकिङको बजार जाडोमा ५० प्रतिशतले बढेको बताउँछन ।
स्टकिङ जाडोमा न्यानो हुने मात्र नभइ फेसनबल समेत देखिन्छ । लंङ्गबुट, लङ्गहाइनेक र कोटसँग यसले खुबै म्याच गर्छ । आकर्षक डिजाइनका स्टकिङ बजारमा पाँचसय देखि १५ सयसम्ममा पाइन्छ ।

हाइनेक

हुनत बाहिरै लगाउन मिल्ने हाइनेकहरु पनि बजारमा उपलब्ध छन् । तर भित्र लगाउन मिल्ने र न्यानो हाइनेक पनि जाडो मौसममा रोजाइमा पर्छ । चीन तथा भारतबाट आयात गरिएका हाइनेकहरु सस्तो र न्यानो हुने भएकाले महिला र पुरुषहरुले रोज्ने गर्छन । फुटपातमा पनि राम्रा हाइनेकहरु पाइन्छ । सामान्य हाइनेकको मुल्य पाँचसय भन्दा माथि पर्छ ।

जाडो महिनामा इनरवेयरका पहिरनहरु पनि धेरैको रोजाइमा पर्छन । जक्की, अमुल, रोबर, भिक्टोरिक आदि ब्राण्डका इनरवेयरहरु बजारमा उपलब्ध छन् । यस्ता पहिरनहरु पुरुष र महिलाहरुको फरक फरक रोजाइमा पर्छन । स्टाइलिस र रङ्गीविरङ्गी कलरहरु महिलाहरुले धेरै रोज्छन भने पुरुषहरु ब्रान्डलाई प्राथमिकता दिने गरेको व्यापारीहरुको भनाइ छ ।

त्यसबाहेक पेन्टी, ब्रा, गन्जी, मोजाहरु पनि जाडोका लागि फरक डिजाइनमा उपलव्ध छन् । भित्र लगाउने ट्राउजरहरु विभिन्न डिजाइनमा पाइन्छ । काठमाडौंका दरबारमार्ग, ठमेल, न्यूरोड तथा विभिन्न व्यापारिक मलहरुमा यस्ता ब्रान्डेट पहिरनहरुको छुट्टै पसलहरु खुलेका छन् । अन्तराष्ट्रिय ब्रान्डका यस्ता पहिरन प्रति युवाहरुको रोजाई बढ्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group