ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा


एबीसी / संवाददाता
कार्तिक २२, २०७८ सोमबार  २ : ३९ बजे

चितवन । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ ।

सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सवस्टेशनमा जगेडामा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो । कास्कीको लेखनाथ सवस्टेशनमा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मरल्याई भरतपुर सवस्टेशनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो । सवस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताउनुभयो । सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सवस्टेशनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सवस्टेशनबाट विद्युत् आपूर्तिका लागि तीन वटा फिडर निकाली सकिएको छ ।

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो । कार्यकारी निर्देशक घिसिङले दीपावलीमा कुनै पनि घरमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नआओस् भनेर आफै खटेर सवस्ेटशनको मर्मत गरेको र हाल पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com