ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवासीय घरमा पेट्रोल पम्प !


एबीसी / संवाददाता

गलकोट । बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन ।

बजारको न्यू धौलागिरि इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी बिक्री वितरण थालेको छ । पेट्रोल पम्पमाथि होटल पर्वसमेत सञ्चालन गरिएको छ । यो आफैमा जोखिमपूर्ण हुने सरोकारवाला बताउँछन् । सुरुमा छाप्रोबाट सञ्चालनमा आएको पम्प अहिले आवसीय घरमा सारिएको छ ।

मापदण्ड अनुसारको घर निर्माण नगरेको र आवासीय घरमा पेट्रोल पम्प राखेपछि भवन पास नगरिएको नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारीदिनुभयो । “आवासीय घर बनाउन अनुमति दिएका हौं, पछि पेट्रोल पम्प सञ्चालन प्रयोजनमा लाग्नुभयो, हामीले अनुमति नदिएर पटक–पटक पेट्रोलपम्प नराख्न आग्रह गरेका थियौं” उहाँले भन्नुभयो, “पेट्रोल पम्पको मापदण्ड के हो रु त्यो आयल निगमले हेर्ला तर आवासीय भनेर निर्माण गरेको घरमा पेट्रोल पम्प राख्न पाइदैन, अझ होटलनै सञ्चालनमा आएको समेत सुनेका छौं ।”

अहिलेसम्म नगरपालिकाले भवन पास गरेको छैन । नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता, विनियमावली, २०७५ अनुसार बिक्री केन्द्रमा स्थापनाका लागि आवश्यकमापदण्ड अनुसार उक्त पेट्रोल पम्प नरहेको पाइएको छ । उक्त पम्प पेट्रोलपम्प स्थानान्तरण गर्दा नयाँ नियमावली २०७५ सक्रिय भए पनि पम्पले पुरानो मापदण्ड अनुसारको भन्दै पम्प स्थानान्तरण गरेको छ । नियमावलीमा नगरपालिकाभित्र जुनसुकै सडक भए पनि ३० मिटर मोहोडा र कम्तीमा दुई रोपनी जग्गा हुनुपर्ने, अण्डरग्राउड ट्याङ्की खुल्ला स्थानमा रहनुपर्ने, ट्याङ्कीमाथि कुनै किसिमको घर, टहरा निर्माण गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

पेट्रोल पम्पलाई आयल निगमले बेला बेलामा अनुगमन गरी मापदण्डमा ल्याउने गर्नुको साटो बेवास्ता गर्दै आएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले पेट्रोल पम्प राखेको भवन नगरपालिकाले पास गर्न नसक्ने बताउनुहुन्छ । विक्री केन्द्रका छेउछाउमा पर्खाल लगाएको हुनुपर्ने, विक्री स्थलमा महिला पुरुष शौचालय र पार्किङ लगायतको सुविधा हुनु पर्नेमा उक्त पूर्वाधारको समेत पेट्रोल पम्पमा अभाव रहेको पाइएको छ ।

नगरपालिकाले आवासीय घर भनेर पाँच तलाको अनुमति दिए पनि अहिले उक्त भवन छ तला निर्माण समेत गरिएको छ । पेट्रोल पम्पका सञ्चालक हरिबाबु सापकोटाले आफ्नो पेट्रोलपम्प मापदण्ड अनुसारकै रहेको जिकिर गर्नुभयो ।
विसं २०५१ मा अनुमतिपत्र ल्याएका कारण आफ्नो पेट्रोलपम्प सोही मापदण्ड अनुसारको भएको उहाँको दाबी छ । आफ्नो दुई रोपनी जग्गा भएको र मोहोडाकोसमेत मापदण्ड पुग्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com