ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी पर्ने बित्तिकै बाटो पार गर्न तनाव


एबीसी / संवाददाता
आश्विन १७, २०७८ आईतबार  ३ : ५४ बजे

जाजरकोट । सडकको स्तरोन्नति थालिएको दुई वर्ष पूरा हुँदासम्मा एक मिलोमिटर बाटो कालोपत्र नहुँदा दैनिक जाजरकोट–डोल्पा सडकखण्डको पासागाड रिम्नामा हैरानी हुने गरेको छ । हिलाम्ये सडकको ठाउँठाउँमा पानी जम्ने भएकाकारण चार किलोमिटर पार गर्न पनि दिनभर लाग्ने गरेको छ ।आकाशबाट पानी पर्नेबित्तिकै सडकमा यातायातका साधन चलाउनै नसकिने हुन्छ ।सदरमुकाम भएर जाने बाटो रेडक्रस भवन नजिकै भत्किएका कारण जाजरकोट–डोल्पा सडकखण्डबाटै यातायातका साधन चलाउन थालिएको छ। सो सडक स्तरोन्नतिको नारा दिएर काम थालिएको दुई वर्ष वित्तिसक्दा पनि निर्माण व्यवसायीले काममा चासो नदिँदा दैनिक यो बाटोमा घण्टौँसम्म सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

निर्माण व्यवसायी कमान खड्काले निःशुल्क सडक मर्मत गर्नुभएकाले अहिले जोखिम मोलेर पनि सो सडकमा यातायातका साधन गुडिरहेका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले सो सडक कालोपत्र गर्ने ठेक्का लिएर पनि समयमै काम पूरा नगर्दा रुकुम पश्चिम, जाजरकोट र डोल्पाका नागरिकले दैनिक पीडा भोग्न बाध्य भएका हुन् । “सदरमुकामको सडक भत्किएको छ, पासागाड –कालेगाउँको सडक प्रयोग नगरी रुकुम पश्चिम, पूर्वी जाजरकोट र डोल्पा जान सकिदैन बस चालक रमेश विसीले भन्न्नुभयो, “यो सडक हिँडेर ३० मिनेटमा पुगिन्छ तर हामीलाइ कम्तीमा सजिलै पार गर्नसमेत दुई घण्टाभन्दा बढी लाग्छ । पानी पर्ने वित्तिकै रातभरी बास बस्नुपरेको पीडा हामीसँग छ ।” समयमै सडकको काम गरिदिएको भए त्यो बाटोमा अहिले न कसैले सास्ती भोग्नुपथ्र्यो न त कसैले गाली नै गर्थे । कालोपत्र गर्ने जिम्मेवारी लिएर तोकिएको समयमै काम नगर्दा दैनिक त्यहाँबाट यात्रा गर्ने सर्वसाधारणले दुःख पाउने गरेको भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदार साथी समयमा काम गर्नुहुन्न, गाली भने हामीले खानुपर्छ ।”नगरप्रमुख केसीलाइ कसैले भन्ने आँटसम्म गदैनन्, उहाँको काम देखेर हैरान हुनुभएका सडक डिभिजनका प्रमुख धु्रव झासमेत पत्रकार साथी तपाईहरुले बढी घचघच्याउनु प¥यो भन्दै सहयोग माग्ने गर्नुहुुन्छ ।समयमै काम पूरा नगर्दा बेलाबखत आफूले पनि अबगाल खेप्नुपरेको पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको भनाइ थियो ।

पूर्वमन्त्री बस्नेतकै घर भएर जाने सबै यातायातका साधन पाँच मिनेटमै हिलोमा फस्ने भएकाले यात्रुको गालीको सबैभन्दा पहिलो निसानामा उहाँ नै पर्नुभएको हो। पानी परेका दिन पूर्वमन्त्री बस्नेतकै घरदेखि तल्लो क्षेत्रमा सवारीसाधन चलाउनै मुस्किल हुन्छ । तोकिएको समयमा काम नगर्ने ठेकेदार केसीसमेत यही सडक भएर विभिन्न भागमा यात्रा गर्ने गर्दा पनि निर्माणमा चासो दिनुभएको छैन । सडक अवरुद्ध भइरहदा सोही ठाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रको प्रशोधनमा पनि समस्या हुँदैआएको छ । जनतालाई भारी समस्या पर्दा पनि ठेकेदारलाई पेलेर काम गराउन नसक्ने नेतृत्वको लाचारीपनले सबैले दुःख पाउनु परेको सर्वसाधारणको गुनासो थियो ।

पासागाडमै पुल निर्माण नहुँदा सवारीसाधन वारपार गर्न मुस्किल हुँदै आएको छ । नौ वर्षअघि बोलपत्र आह्वान भए पनि अहिलेसम्म काम हुन सकेको छैन । पुलको नक्सा नै गलत हुँदा काम अघि बढाउन नसकिएकाले पुनः बोलपत्र गर्न लागिएको चौरजहारीस्थित सडक डिभिजनका प्रमुख ध्रुव झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com