ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० भन्दा बढी बालबालिकाको मृत्यु


एबीसी / संवाददाता
भाद्र १७, २०७८ बिहीबार   ७ : ०१   बजे

काठमाडौं । नेपालसंग जोडिएको भारतीय राज्य उत्तर प्रदेशका केही जिल्लामा एक साताभन्दा बढी समयदेखि बालबालिकाहरू उच्च ज्वरो आउने र पसिनामा भिजेर बिउंझिने समस्याबाट पीडित छन् ।

पीडित बालबालिकामध्ये धेरै जनामा जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिंगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा डाबर आएको पाइन्छ । उत्तर प्रदेशभित्र पूर्वतिरका छ जिल्लामा अधिकांश बालबालिकासहित कम्तीमा ५० जनाको ज्वरोले मृत्यु भएको छ भने केही सय बिरामी अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ । मृत्यु भएका कसैलाई पनि कोभिड भएको थिएन। कोरोनाभाइरसको घातक दोस्रो लहरबाट भारत बिस्तारै मुक्त हु“दै गरेको समयमा उत्तर प्रदेशमा भएको मृत्युलाई सञ्चारमाध्यमहरूले ‘अज्ञात ज्वरो’ले भारतको सबैभन्दा सघन बस्ती भएको राज्यका गाउ“हरूलाई आक्रान्त पारेको रूपमा प्रस्तुत गरेका छन् । आगरा, मथुरा, मैनपुरी, एटा, कासगन्ज र फिरोजाबादका चिकित्सकहरू मृत्युको मूल कारण लामखुट्टेबाट सर्ने भाइरसको सङ्क्रमण डेङ्गी भएको विश्वास गरेका छन् ।

उनीहरूका अनुसार धेरै बिरामीहरू रगत जमाउन सहयोग गर्ने एक प्रकारको रक्त कोष प्लेट्लेटको संख्या कम हुने अवस्थामा भर्ना गरिएको छ। यो लक्षण डेङ्गी भएका गम्भीर बिरामीहरूमा देखिन्छ । फिरोजाबाद जिल्लाका वरिष्ठतम चिकित्सक डा. नीता कुल श्रेष्ठ का अनुसार फिरोजाबादमा गत साता ३२ बालबालिकासहित ४० जनाको यही समस्याका कारण निधन भएको थियो । पोथी लामखुट्टेले सार्ने उष्णप्रदेशीय रोग डेङ्गी भारतमा सयौं वर्षदेखि छ । विश्वका १ सय देशमा देखिने यो रोगका ७० प्रतिशत बिरामी एशियामा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group