ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिरीराज कुखुरा कसरी पाल्ने


एबीसी / संवाददाता
भाद्र १३, २०७८ आईतबार   ७ : ५१   बजे

 

काठमाडौं १३ भदौ
गिरीराज कुखुरा अण्डा र मासु दुबै उत्पादनका लागि पालिने र खास गरी छाडा छोडेर र अर्ध छाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरु भन्दा रोगहरुसँग लड्न सक्ने र गाउघरमा पाईने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करीव १ किलो र ५ महिनामा लगभग ३ किलो ३ सय ग्राम सम्म हुन्छ । यसले एक वर्षमा १८० वटा सम्म अण्डा पार्दछ, एक वर्षमा सरदर ४ किलो सम्म हुन्छ ।

मानव उपभोगका लागि अनुपयुक्त तथा भान्छामा खेर गएका विभिन्न खाद्य पदार्थहरुको प्रयोग गरी गिरीराज कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ । उपभोक्ताहरुले यो कुखुराको मासु र अण्डा अन्य यस्तै जात भन्दा बढी वा स्थानिय जस्तै मन पराउने भएकाले पनि यसले राम्रो बजार पाउने निश्चित छ । यसका अलावा यो जातको कुखुरालाई उन्नत जातको घाँसहरु जस्तै बर्सिम र कम्फे तथा स्थानिय स्तरमा उपलब्ध हुने अन्य भूई तथा डाले घाँसहरु खुवाएर पनि पाल्न सकिन्छ । विद्युत आपूर्ति नभएको ठाँउमा स्थानिय उपलब्ध हुने सामग्री प्रयोग गरेर न्यानो पार्ने ब्रूडिङग बाकस समेत तयार पार्न सकिन्छ ।

फार्म स्थापना र पालन प्रबिधि

यो कुखुरालाई अर्ध छाडा छोडी पाल्ने किसिमले हुने घर टहरा बनाउनु पर्दछ । बस्ती र शहरबाट तुलनात्मक रुपमा टाढा भएपनि यातायातको सुविधा र बजारको व्यवस्था भएको ठाउँको छनौट गरीनु पर्दछ । गिरीराजा कुखुरा स्थानिय स्तरमा पाईने दाना, घाँस, जाँडको कट र घरमा फ्याकिएको अन्न आदि खुबाई सस्तो किसिमबाट उत्पादन लिन सकिने जात भएकोले यसलाई त्यसै अनुकूलको प्रविधिबाट व्यवस्थापन गर्नु पर्दछ ।

खोरको सन्दर्भमा सफा गर्न सजिलो हावाको सञ्चार राम्ररी हुने र स्थानिय स्तरमा उपलब्ध हुन सक्ने सामग्रीको अधिकतम प्रयोग गर्न सकिने खालको बनाउन जरुरी हुन्छ । किसानहरुको यस्तै खालको मागलाई सम्बोधन गर्न बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रमद्धारा ७ वटा कुखुरा पाल्न सकिने स्थानिय स्तरमा पाईने सामग्रीहरु प्रयोग गरेर ५ह्३ह्४।५ घन फिटको खोर निर्माणको प्रविधि विकास गरेको छ ।

त्यस्तै स्थानिय स्तरमा पाइने घाँस, जांडको कट र अन्य अन्नपात प्रयोग गरेर पाल्न सकिने प्रविधिको पनि विकास गरिएको छ । त्यसैले गिरीराजा संबन्धी सम्पूर्ण उत्पादन प्याकेज तथा व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य आदिको प्रयोग वैज्ञानिक ढङ्गबाट गर्ने ज्ञान प्राप्त गरी गिरीराजा कुखुरा पालन गरेमा मनग्गे आम्दानी गर्न सकिन्छ ।

बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटार

नेपाल कृषि अनुसन्धान परिषद्

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group