ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोडेर्नाखोप प्रदूषित भएको भन्दै जापानले प्रतिबन्ध लगायो


एबीसी / संवाददाता
भाद्र १०, २०७८ बिहीबार   १२ : ४०   बजे

काठमान्डौ १० भदौ:

जापानले मोडेर्ना कम्पनीद्वारा निर्मित १० लाख ६० हजार मात्रा खोप प्रयोगमा बन्देज लगाएको छ। खोपमा प्रदूषित तत्व फेला परेको भन्दै जापानले सो खोप प्रयोगमा ल्याउन रोकेको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार ५ लाख ६० हजार भाइल खोपका केही मात्रामा प्रदूषित ‘ तत्वहरु’ देखा परेका छन्।
जापानमा खोपको बिक्री तथा वितरण गरिरहेको टाकेदा फर्मास्यूटिकलले मोर्डनाले सावधानीका साथमा खोपका तीनवटा व्याच रोकिरहेको बताएको छ। आजसम्म सुरक्षा र प्रभावकारिताको विषयमा कुनै कुरा नउठेको भन्दै मोडेर्नाले यसबारे खोप नियामक निकाय र टाकेदासँग मिलेर अनुसन्धान थाल्ने बताएको छ।

खोपमा प्रदुषित तत्व फेला परेको बताइए पनि के हो भन्नेबारे विस्तृतमा खुलाइएको छैन। टाकेदाले आपतकालिन परीक्षणका क्रममा केही कण भेटिएको बताएको थियो।

जापन टाइम्स पत्रिकाकाअनुसार अन्य सात खोप केन्द्रमा पनि ३९ भाइल अर्थात ३९० डोज खोप प्रदूषित भेटिएका थिए। जापानको स्वास्थ्य मन्त्रालयले खोपमाथि प्रतिबन्ध लगाउनुअघि यो खोप लिएका नागरिकको सूची प्रकाशित गर्दै स्वास्थ्य जाँच गर्न पनि अनुरोध गरेको छ।

जापान महामारीको एक कठिन अवस्थासँग जुधिरहेको छ। जापानका अन्य आठ प्रान्तहरुलाई बुधबारमात्रै आपतकालिन स्थितिमा राखिएको छ। जापानको राजधानी टोकियोले हाल प्याराओलम्पिक खेलको आयोजना गरिरहेको छ।

जापानले फाइजर र एस्ट्राजेनेका खोपलाई मान्यता दिइसकेको छ भने मोर्डनालाई गत ‘मे’ महिनामा प्रयोग अनुमति दिएको थियो।

जापानका ४० प्रतिशतले नागरिकले खोपको पूरै मात्रा लगाइसकेका छन् भने ५० प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group