काठमाडौं, २० असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गर्नुभएको छ । ओलीकै बोलावटमा उहाँ बालुवाटार पुगेको स्रोतले जनाएको छ । एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो तहका नेता सक्रिय छन् । स्रोतका अनुसार माधव पक्षका भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिनुभएको थियो । माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उहाँलाई वार्तामा डाक्न सुझाव दिइएको हो । अन्य नेताहरुले पहल गर्दा नेपालले प्रधानमन्त्री ओलीसँग भेट्नसमेत अस्वीकार गर्दै आउनुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्