ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा फेरि बढ्यो कोरोनाबाट मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या (कुन देशको अवस्था के छ विस्तृतमा)


एबीसी / संवाददाता

काठमाडौँ, २७ जेठ । विराटनगर र पछिल्लो २४ घण्टाको तथ्याङ्कले विश्वमा फेरि कोरोना भाइरसका नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ ।

एकै दिन चार लाख तीन हजार आठ सय १८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या धेरै हो । अघिल्लो दिन विश्वभर तीन लाख ४७ हजार आठ सय ३५ जना मात्रै नयाँ बिरामी थपिएका थिए ।

विश्वमा केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । तर पछिल्लो २४ घण्टाको तथ्याङ्कले भने बढ्न थालेको देखाएको छ । आज ९बिहीबार० बिहानसम्ममा अघिल्लो दिनको तुलनामा ५५ हजार नौ सय ८३ जनाभन्दा बढी सङ्क्रमित विश्वमा थपिएका छन् ।

सङ्क्रमण उच्च विन्दुमा पुग्दा विश्वमा एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । तर पछिल्लो केही दिनयता यो सङ्ख्या क्रमस घट्दै तीन लाख हाराहारीमा झरेको थियो । कोरोना नियन्त्रणमा विश्वले सफलता प्राप्त गर्दै गइरहेका बेला पुनः सङ्क्रमण बढेको देखिएपछि सरोकारवाला झस्किएका छन् ।

कोरोना नियन्त्रणका लागि ठूलै मिहिनेत गरिरहेकाहरुलाई चिन्तित तुल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको सङ्क्रमण नियन्त्रणमा विश्व नै केन्द्रित छ । तर पूर्ण नियन्त्रण सम्भव बनिरहेको छैन । कोरोनाले विश्वकै अवस्था जर्जर बनाएर लगेको छ ।

विश्वमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १७ करोड ५१ लाख ४७ हजार ७० पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ८९ लाख ४३ हजार नौ सय २८ जना उपचारपछि निको भएका छन् । एक करोड २४ लाख २७ हजार एक सय ४२ जनाको उपचार जारी रहेकोमा ८५ हजार दुई सय ९१ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाकै तथ्याङ्कले कोरोनाका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । एकै दिन विश्वमा १३ हजार चार सय २९ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या केही समययताकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा पनि धेरै हो । अघिल्लो दिन विश्वमा नौ हजार पाँच सय ६२ सङ्क्रमितको मृत्यु भएको थियो । सङ्क्रमण उच्च विन्दुमा पुगेका बेला विश्वमा एकै दिन १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

तर यो सङ्ख्या घट्दै गएर छ हजारसम्म झरेको थियो । तर पछिल्लो एकै दिनमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोनाकै कारण विश्वभर हालसम्म ३७ लाख ७६ हजार जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा भने नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । एकै दिन १२ हजार पाँच सय ७४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ६३ हजार एक सय ३८ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८२ लाख ५१ हजार आठ सय ७७ जना उपचारपछि निको भएका छन् । ५३ लाख ९७ हजार सात सय ९६ जनाको उपचार भइरहेकोमा पाँच हजार ९० जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा चार सय २४ सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या छ लाख १३ हजार चार सय ६५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार आठ सय ९६ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७६ लाख ३८ हजार नौ सय दुई जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

११ लाख ८३ हजार चार सय ७५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा एकै दिन छ हजार एक सय ३८ सङ्क्रमितको मृत्यु भएको छ ।

यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । २४ घण्टाको तथ्याङ्कले भारतमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढेको देखाउँछ । भारतमा यसअघि दैनिक चार हजारको हाराहारीमा सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

तर पछिल्लो समय त्यो सङ्ख्या घट्दै दुई हजार पाँच सय हाराहारीमा झरेको थियो । भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ५९ हजार छ सय ९५ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ८७ हजार ९७ जना नयाँ बिरामी थपिए । दैनिक नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भारतपछि ब्राजिलमा धेरै छ । ब्राजिलमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७१ लाख २५ हजार तीन सय ५७ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ५५ लाख ९६ हजार आठ सय १६ जना उपचारपछि निको भइसकेका छन् । १० लाख ४८ हजार सात सय ५० जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन दुई हजार चार सय ८४ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या केही समययताकै उच्च हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ७९ हजार सात सय ९१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com