ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको पूरै नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली गर्दै – नेता नेपाल (सम्वोधनको पूर्णपाठ)


एबीसी / संवाददाता

२२ जेठ २०७८ मा खनाल– नेपाल पक्षका जिल्ला कमिटीका पदाधिकारीसँग भएको भर्चुअल बैठकमा नेता नेपालको सम्बोधनको सम्पादित अंश । यस्तो छ

केपी ओली प्रवृत्तिसँग जुध्ने आँट बढेको पनि पाइएको छ । घटेको पनि पाइएको छ । आँट बढाउने तपाईंहरूको म प्रशंसा गर्छु । तपाईंहरूको उदाहरणबाट अरुले पनि सिक्न सकुन् । केपी ओलीका जो पक्षपोषक भएका छन् । एक प्रकारले भन्ने हो भने दासतालाई स्वीकार गरेका छन् । त्यस्तालाई हामी घृणा गर्छौं । अस्वीकार गर्छौं । निन्दा पनि गर्छौं । तर, जो अलमलमा पर्नुभएको छ । उहाँलाई हामी घृणा गर्दैनौ । हामी अपमानजनक शब्द प्रयोग गर्दैनौं । किनकि उहाँहरूलाई प्रष्ट पार्ने हाम्रो दायित्व हो । विश्लषेण बताएर सबै तथ्य प्रष्ट्याएर । मनमा रहेका अनेकौ खालका जिज्ञासा शान्त गरेर मूल पार्टीको क्रान्तिकारी स्प्रिटतर्फ आकर्षित गरेर उहाँहरूलाई सम्झाउन सक्दछौं । मार्क्सवाद हामीलाई विश्लेषण गर्न सिकाएको छ । यो विश्लेषणको जानकारी कम्युनिष्ट पार्टीमा लागेकाहरूले मात्र गर्दछन् । अरुले त्यस्तो व्यवस्थित, वस्तुगत र वैज्ञानिक विश्लेषण गर्दैनन् ।

हाम्रो पार्टी अहिले संकटको अवस्थामा उभिएको छ । र, यो संकटको अवस्था सिर्जना कसले गर्‍यो ? तपाईंहरूमा कुनै भ्रम र द्विविधा छैन भन्ने मैले ठानेको छु । हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाले केही दस्तावेजहरू पनि पारित गरेको छ । त्यो राजनीतिक डकुमेण्ट तपाईंहरूले पाइसक्नुभो होला । दुईवटा सर्कुलर पठाइसकेका छौं । अब छिट्टै अर्को सर्कुलर पनि पठाउँदै छौं । त्यो भेला किन गर्नुपर्‍यो भन्दा हामीले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने भयो । त्यो बेला हामीले भन्यौ( केपी ओलीले पार्टीलाई विसर्जनको दिशामा पुर्‍याउन लागे एकता जोगाउनुपर्ने भयो । नेपाल कम्युनिष्ट पार्टीलाई फुटाउने अदालतको जुन फैसला भयो त्यसबाट सबै कम्युनिष्टहरू चिन्तित र दुस्खित हुनुपर्नेमा केपी ओलीका पक्षपोषकहरूले हर्कबडाई गरे । आफ्नो गुटको विजयको रूपमा लिए । अरुको पराजयको रूपमा लिए । त्योभन्दा ठूलो विडम्बना के हुन सक्दथ्यो रु पार्टीहरू एकतावद्ध हुने, उनीहरू रुपान्तरित गर्ने, उनीहरू क्रान्तिकारी बाटोमा लिएर जाने सबैलाई समेटेर लिएर जाने, अरुलाई पनि आकर्षित गर्ने यसले शक्ति वृद्धि हुने भएको हुनाले आगामी चुनावमा अझै धेरै सफलता हासिल गर्ने यसका निम्ति आफूसँग भएका कार्यकर्तालाई प्रशिक्षित गर्ने रुपान्तरित गर्ने यो सबै काम गर्नुपर्ने जुन चुनौतीको काम पनि हो । पार्टी निर्माणको काम अवश्य पनि चुनौतीको काम हो । पार्टी संचालनको काम अत्यन्तै चुनौतीको काम हो । यी सबै बुझेर पनि हामी अगाडि बढेका हौं । हामीलाई थाहा छ । परिवार चलाउने कुरा पनि सजिलो हुँदैन । समाजमा पनि कुनै जिम्मेवारी लिनु हुन्छ भने पनि सजिलो हुँदैन । तपाईंहरू पनि संगठन, कुनै संघसंस्थामा जिम्मेवारी बोक्नुभएको छ । त्यो पनि सजिलो हुँदैन । आँट भएकाहरूले मात्र त्यो क्षमता त्यो जिम्मेवारी सफलताले निर्वाह गर्दछन् । जसमा खुवी छैन क्षमता छैन त्यसको कार्यकालको संगठन ध्वस्त भएर जान्छ । हामीसँग त्यो क्षमता छ । त्यो खुबी छ । त्यसैले हामीले हात हालेको ठाउँमा हामी सफल हुन्छौं । जब हामी सतही रूपमा हेर्छौं । सफलता र असफलता विश्लेषण गर्दैनौं । त्यो भयो भने हामी अघि बढ्न सक्दैनौं ।

भेलामा प्रस्तुत गरेको डकुमेन्ट हेर्नुहोला । त्यहाँ हामीले भनेका कुरालाई हाइलाइट मात्र गर्न चाहन्छौं जब केपी ओली पार्टीको अध्यक्ष हुनुभयो । निर्वाचनपछि प्रधानमन्त्री हुनुभयो । त्यसबेलादेखि नै सिंगो पार्टीलाई उहाँले दक्षिणपन्थी दिशामा लिएर जानुभयो । उहाँमा व्यक्तिवाद र अवसरवादी चिन्तन हुर्किएर आयो । र पार्टी आन्दोलनलाई विसर्जनको बाटोमा पुर्‍यायो । हामीले के भन्यौ भने( जनताले धेरै ठूलो आशा गरेका थिए अवसर दिएका थिए । त्यो अवसरलाई उहाँले दुरुपयोग गर्नुभयो । गुटवन्दीमा चुक्नुभयो । उहाँका ती कामलाई आँखा चिम्लिएर बाध्य भएर समर्थन गर्नुपर्‍यो भनेर हामीले भनिसकेका छौं । केपी ओलीका विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी विचार केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । उहाँले आफ्नो सत्ता जोगाउन जस्तोसुकै स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग साँठगाँठ सक्ने हुनाले आगामी दिनमा वामपन्थमाथि संकट थपिन सक्छ । चैतमा हामीले गरेको विश्लेषण हिजो उहाँले गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।

भारतको पूरै नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । त्यतिमात्र होइन उनीहरूको अभिव्यक्तिहरू राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । अहिले प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् । मान्छेको भावनामाथि खेलबाड गर्ने जातीय र धार्मिक द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ ।

हामीले ३२ सालको जेठ महिनामा कम्युनिष्ट केन्द्रको स्थापना गर्‍यौं । चारजना अहिले छँदैछौ । कस्तो खुसीको कुरा म, जेएन खनाल, अमृत बोहरा र कमरेड मुकुन्द न्यौपाने यो विचार समूहमा एकतावद्ध छौं । हामी जोडिँदै(जोडिँदै गएर नवौं महाधिवेशन गरेर केपी ओलीको नेतृत्वमा आइसकेपछि पार्टीमा संकट देखा पर्न थाल्यो । पार्टीका बैठकहरू नहुने, बैठकको निर्णय पालना नहुने । एक्लै गुट बनाएर हिँड्ने, मदन भण्डारी फाउण्डेसन बनाएर त्यसको गतिविधिमा चल्ने अरुको लिडरसीपलाई स्वीकारै नगर्ने । एकलौटी निर्णय गरेर जम्मै सिष्टम भत्काएर लाने र उहाँका सबै क्रयाकलाप कम्युनिष्टको मेल नखाने । उहाँका यी कामले राष्ट्रलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । अहिले त उहाँले संविधान नै खानुभयो । पहिलोपटक प्रतिनिधिसभालाई भंग गर्नुभयो । दोस्रो पटक पनि भंग गर्नुभयो । उहाँ त यस्तो तानाशाह हुनुभएको छ । उहाँ कसैको कुरा सुन्नुहुन्छ । उहाँमा अहंकार बढेको छ । आफूभन्दा ठूलो संसारमा कोही छैन भन्ने ठान्नुभएको छ । उहाँले आफुलाई नै पार्टी र राष्ट्र ठान्नुहुन्छ ।

यसले पार्टीमा समस्या खडा भयो । अब पार्टीलाई व्यक्तिवादी तरिकाले होइन संस्थागत तरिकाले चलाउनुपर्छ । सिद्धान्त, विधि र पद्धतिका आधारमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुपर्छ । विश्व दृष्टिकोण अँगालेको समाजप्रति प्रतिवद्ध र श्रमजीवि वर्गको पक्षमा उभिएको कम्युनिष्ट पार्टीले मात्र यस वैज्ञानिक समाजवादको यात्राको अगुवाइ गर्न सक्दछ । यी सबै कुराको निम्ति पार्टीमा एकता, पुनर्गठन र रुपान्तरण चाहिन्छ । राज्यका सबै अंग दुरुपयोग गर्ने काम अहिले भइरहेको हुनाले संविधान, लोकतन्त्र, राष्ट्रका हितका लागि अहिले राजनीतिक शक्ति र नागरिक समाजसँग सहकार्य गरेर हामीले अघि बढ्नुपर्छ ।

त्यो बेला नै मैले के भनेको थिएँ- संघर्ष, रुपान्तरण अनि एकता कसैकसैले भनेजस्तो यो आत्मसमर्पण पनि होइन विद्रोह पनि होइन । होइन, यो विद्रोह नै हो । विद्रोह नगरेको भए प्यारालाल कमिटी नै बन्ने थिएन । केपी ओलीको कथित अनुशासनविरुद्धको विगुल फुकेको हो । विद्रोहको उद्घोष गरेको हो । जिल्लाजिल्लामा कमिटी बनाउनुस् तपाईंहरू । आफ्नो ठाउँमा जो अध्यक्ष हुनुन्छ त्यहाँ पुनर्गठन गर्नुस् । जहाँ अध्यक्ष हुनुन्न त्यहाँ अध्यक्ष भएर कमिटी बनाउनुस् । त्यो परदेशमा पनि गर्नुस्, निर्वाचन क्षेत्रमा गर्नुस्, नगरपालिकामा गर्नुस्, पार्टीमा मात्रै होइन जनवर्गीय संगठनमा गर्नुस् सबैतिर गर्नुस् भनेर भनेका हौं । यसलाई कतिपय साथीहरूले बुझ्नुभएको छैन भने प्रष्ट हुनुस् यो विद्रोह नै हो । यो कुन तहको विद्रोह हो । मैले भने संघर्ष, रुपान्तरण अनि एकता । यदि एकता भएन भने के गर्ने रु रुपान्तरण भएन भने एकता हुँदैन । संघर्षले प्रतिफल दिने भनेको रुपान्तरण भयो भने मात्र हो । रुपान्तरण भएन भने के हुन्छ संघर्ष, रुपान्तरण अनि निषेध । नोट गर्नुस् तपाईंहरू आफ्नो डायरीमा ।

पार्टीमा संघर्ष चलिरहन्छ । तर एकताका लागि । रुपान्तरण गराउनका लागि । संघर्ष चलिरहन्छ रुपान्तरण भएन भने निषेध गर्नका लागि । केपी ओली अरुको भइदिए । आफ्नो भइदिएको भए माधव नेपाल जसले जसले बनाएको पार्टी हो उसको साधारण सदस्य पनि छैन । तर केपी ओलीको सदस्यता चाहिएको छैन । हाम्रो जेएन खनाल, मुकुन्द न्यौपाने, भीम रावल सदस्य पनि हुनुन्न । त्यति मात्र होइन ११ जना कमरेडहरूको सदस्यता एकैचोटी सबैको टाउको छिनालिदिनुभो उहाँले । तर, केपी ओलीले छिनालेको टाउको यत्तिकै छ, शीर ठाडै छ । केपी ओलीले हामीलाई छिनाल्न सक्दैनन् । मैले केपी ओलीलाई भनेको थिएँ( म व्यक्तिसँग डिल गर्दिन भन्दै हुनुथ्यो तर मलाई बोलाउनुभएको किन के व्यक्तिसँग डिल गर्न रु माधव नेपाल व्यक्ति हो कि शक्ति हो भन्नुस् तपाईंले । उहाँले भन्नु भो( ‘शक्ति हो, शक्ति हो ।’ र, संस्था पनि हो कि होइन । हो तपाईंले चाहे त पार्टी बनाउन सक्नुहुन्छ । तर तपाईं पनि बर्बाद हुनुन्छ । म पनि बर्बाद हुन्छु कम्युनिष्ट आन्दोलन सिद्धिन्छ । हो, त्यो चेत भएको छ भने तपाईंले जुन ढंगले अहंकारले ग्रसित भएर एकलौटी रूपमा फागुन २८ गते गुटको भेला गरेर सबैलाई पदबाट मुक्त गरेर मनपरी ढंगले विधान संशोधन गरेर जसरी जिल्लाजिल्लामा चल्नुभएको छ हामीसँग जोडिएका व्यक्तिहरूलाई निकाल्नुभएको छ । त्यो सबै कुरा फिर्ता लिनुस् । यो पछिल्लो भेट हो ।

केपी ओली अगाडि बढिसकेपछि फर्किन जान्दैन यो उहाँकै शब्द हो । अहंकार बढ्नुको कारण केपीवाद, बाले बिगारेको हो । अहिले साइबर स्यालहरूले दिने गरेको एक(एक चिज हेर्नुस् त । यस्तो खालका दास मनोवृत्ति भएकाका पछि जान सकिँदैन । विद्रोहको चेत दिनुपर्छ । यसको मतलव हामी ध्वंस बढाउने होइन । न्यायको निम्ति विद्रोहको चेत दिन्छौं । जसमा आँट छैन त्यो नेता हुन सक्दैन । नेता त्यो हो जसले अरुलाई गाइड र उत्साहित गर्छ । अहिले पार्टी स्थायी कमिटी, केन्द्रीय कमिटीभित्र तपाईंहरूलाई नेतृत्व गर्ने नेता हुनुन्छ । अवश्य कसै कसैलाई लागेको कोसिस गरौं न त सुध्रिन सक्नुहुन्छ । हुन्छ कोसिस गरौं मैले वामदेव कमरेडलाई त भनेको थिएँ( कोसिस गर्नुस् न त्यही बालुवा पेलेर तेल निस्किन्छ कि । विचरा वामदेव कामरेड पेल्दा(पेल्दा गर्नुहुन्छ । तेल नै निस्किँदैन । म त निष्कर्षमा पुगिसकेको छु( कि बालुवा पेलेर तेल निस्कनेवाला छैन । यो पार्टीको निम्ति वामदेव कामरेड यति महत्वपूर्ण मान्छे हो । म उहाँलाई अहिले पनि स्यालोट गर्छु । माओवादीसँग त्यो बेला जोखिममा वार्ता गर्ने मान्छे वामदेव हो ।

हामी सबैले त्याग गर्नुपर्छ । कर्णालीका कमरेडले कारवाही भोग्नुभएको छ । तपाईंलाई थाहा छ । त्यत्रो संकटको बेलामा चुनौतीको सामना गर्दै वागमती प्रदेशमा भएको राष्ट्रियसभा चुनावमा केपी ओलीको उम्मेदवार बादललाई हराउनुभयो । हाम्रो उम्मेदवारको रूपमा खडा गरिएको खिमलाल देवकोटालाई जसरी जिताउनुभयो उहाँहरूलाई भुल्न सक्दैनौं । लुम्बिनीमा पनि हाम्रो गठबन्धनको उम्मेदवार जो पहिलेको एमालेकै थिए । उहाँलाई जिताउने काममा भूमिका खेल्नुभयो उहाँलाई विर्सदैनौं । ७ नं प्रदेश ९सूदूरपश्चिम० मा समर्थन फिर्ता लिने केपी ओलीको आदेशलाई अवज्ञा गरेर त्यहाँको दलको बहुमतबाट सरकारमाथिको समर्थन कायम राखेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभयो उहाँहरूलाई हामी भुल्न सक्दैनौं । २ देखि ७ नम्बर प्रदेश यी सबै ठाउँमा केपी ओलीको हार । अहिले केपी ओली केही लचिलो भएको हो कि भन्ने हामीलाई परेको पनि छ । यो लचिलो होइन । सय होइन डेढ सय प्रतिशत मेरो निष्कर्ष हो केपी ओली सुध्रिदैनन् । हामी निष्कर्षमा पुगे पनि कार्यकर्ता पुगे कि पुगेनन् । जनता निष्कर्षमा पुगे कि पुगेनन् । त्यो पर्खिनुपर्छ । यदि तपाईंहरू निष्कर्षमा पुग्नुभएको छ भने पर्खिने होइन । आफ्नो आफ्नो ठाउँको कार्यक्षेत्रमा पुगेका छैनन् भने पर्खिने । तर, पर्खिँदाखेरि माझीहरूको सल्लाहले सात गाउँ डुबेजस्तै डुब्ने स्थिति बन्न दिनु हुँदैन । अनि मान्छे मरिसकेपछि डाक्टर बोलाको कुनै अर्थ हुँदैन । तपाईंहरूलाई छाडेर गइँदैन । व्यवस्थापनको काम गरिनेछ ।

नेता कार्यकर्ताहरूलाई पार्टीको संसदीय र राजकीय कार्यक्षेत्रमा आग्रहरपूर्वाग्रहबिना जिम्मेवारी दिने । एमालेलाई नवौं महाधिवेशनको कार्यदिशाअन्तर्गत संचालन गर्ने, पार्टी र सरकाबीच समन्वय गर्न संयन्त्र बनाउने । यी निर्णयलाई सहमति गरेकै दिन स्थायी कमिटी बैठकबाट निर्णय गर्नुपर्छ । केपी ओली र माधव नेपालको सहमतिमा स्थायी कमिटी बैठक डाकि महाधिवेशनलगायतका निर्णयहरू गर्न कार्यदल बनाई ७ दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने र त्यसलाई तलतलसम्म छलफलमा लैजानुपर्छ । दुवै पक्षबाट भएगरेका कमिकमजोरीलाई महसुस गरी आगामी दिनमा पार्टीलाई विधि, विधान र पद्धतिमा संचालन गर्ने र देशको विषम परिस्थितिमा प्रतिनिधिसभाको निरन्तरता आवश्यक भएकोले त्यसको विघटनलाई सच्याउनुपर्छ । प्रतिनिधिसभा पूरा कार्यकाल चलाउने भन्ने हाम्रो माग पुर्‍याउन पाएको छैन केपी ओलीबाट एकपछि अर्को कारवाहीबाट हामीलाई साधारण सदस्यबाटै निकालिदिए । भएको के छ भने केपी ओली पहिलो फायर गर्छन् । हामी डिफेन्सिभ मात्र हुन्छौं । हामीले अनावश्यक कुरा गरेर पहिले कुनै निहुँ खोजेका छैनौं ।

हामीले सहमतिको प्रस्ताव राख्यौं । उहाँले वार्ताको नाटक गर्नुभयो । वार्तामा दुईवटा उद्देश्य लुकेको थियो । एउटा त बादललाई हराउँछन् कि क्या हो भनेर । उहाँले एकतिर दुई निसान लगाउन खोज्नुभयो । एउटा त केपी ओलीले जसको टाउकामा हात राख्छ सदा विजयी भव । बादललाई उठाएको थिएँ । जिताइदिएँ । माधव नेपाललाई फकाइदिएँ । सबैलाई मिलाएँ भन्नलाई । यत्ति खुबी छ कि उहाँमा । त्यतिबेला मिलाएँ भन्ने अनि देख्यौ माधव नेपाललाई मुर्ख बनाएँ भन्ने । अनि दोस्रो, हेर्‍यौ १ खिमलाल जी माधव नेपालको उम्मेदवार बन्न जानुभएको थियो । पाउनुभो स्वाद । अनि शेरबहादुर देउवालाई फोन गरेर उहाँले भन्नुहुन्थ्यो – माधव नेपाल माधव नेपाल भन्नुहुन्थ्यो पाउनुभो स्वाद चाख्नुभो । प्रचण्डलाई फोन गर्नुहुन्थ्यो( लीलामणीलाई उम्मेदवार बनाउन खोज्नुभएको थियो । माधव नेपालले दिएनन् । आफ्नै उम्मेदवार भनेर ल्याए अनि तपाईंलाई बाटोमै नांगो बनाइदिए । त्यो सबै मैले बुझेको थिएँ । उनले राष्ट्रियसभाबारे कुरा गर्दा यो पहिलै भइसकेको कुरा हो भनेर मैले इफ एण्ड बट केही सुन्न चाहँदिन भने । पछि रामबहादुर थापा आएर तपाईंको व्यक्तित्व र प्रतिष्ठामा आँच आउने कुरामा मैले केही भन्न मिलेन । तपाईंले नै उम्मेदवार उठाइसकेपछि पछि हट्दा तपाईंको प्रतिष्ठामा आँच आउँछ । उहाँले नै भन्नुभयो । सबै मान्छेहरूलाई स्वविवेक प्रयोग गरौं भन्नुभो । तर, उहाँको सचिवालयबाट माधव नेपाललाई बादललाई साथ दिने भनी गलत प्रचार भो हामीले तत्काल त्यसको खण्डन गर्यौं । त्यो दाउमा ओली फेल खाए ।

फेरि संसदमा विश्वासको मत लिने उनको इच्छा थियो । हामीलाई अलमल्याउन खोजिरहेका थिए । हामी एक ढिक्का भएर अलमलिन चाहेनौं । त्यहाँ हामी उपस्थित भएको भए महन्थ ठाकुरले समर्थन गरेर यीनलाई २ वर्षसम्म कसैले छुन सक्ने थिएन । त्यसपछि त हामीलाई झन् ओखलमा राखेर पेलेको पेलै । राष्ट्रपतिकोमा पनि जाँदैनन् भन्ने ठानेका थिए गयौं । अदालतमा त नजालान् भने गयौं । त्यसपछि २ गते मान्छु म । मैले भने पहिले क्याबिनेट बसेर प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुस् । १३६ को बहुमत पुग्नेमा १४६ जनाको हस्ताक्षर भयो । केपी ओली चिलमिलाए । इण्डियासँग उनको साँठगाँठ जो चलिरहेको थियो त्यो देखियो नागरिकतासँगको विषय, दलाल पुँजीवादको चंगुलमा फसेको देखियो चुरे फाँडेर नेपालको तराईलाई मरुभूमि बनाउने कुरा पनि देखियो । कोरोना महामारीमा जनता तड्पिरहेका छन् । यसलाई उनी मतलब राख्दैनन् । केपी ओली सबै कोणबाट गलत ठाउँमा पुगेका छन् । पतनको दिशामा पुगिसकेका छन् ।

कम्युनिष्ट पार्टीलाई जोगाउनु छ भने, लोकतन्त्रको रक्षमा गर्नुछ भने, कम्युनिष्ट आन्दोलनलाई जोगाउनु छ भने नयाँ शीराबाट अघि बढ्नुको विकल्प छैन । जबसम्म केपी ओलीले ११ जनालाई निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण फिर्ता लिँदैनन् भने उनीसँग औपचारिक वार्ताको कुनै अर्थ छैन । हिजो र अस्तिको छलफलमा केपी चालबाज हुन् भन्ने सबै निष्कर्ष थियो । कुनै नेतामाथि आरोप(प्रत्यारोप नगर्नुहोला । मनोबल बलियो बनाइदिनुहोला । हामी एकता नै चाहन्छौं । तर अनिश्चितकालसम्म वार्ता भनेर नअलमलिएर निश्चित समयभित्र टुंग्याउने गरी अघि बढ्नुपर्छ । तपाईंहरूलाई निर्देशन दिन चाहन्छु – वार्ड र टोलटोलसम्म कमिटी बनाउनुस् । अहिले कोरोना महामारी भएकोले भर्चुअल रूपमा बैठक र छलफल अघि बढाउनुस् । तर, पर्‍यो भने सडकमा उत्रनुपर्ने पनि हुनसक्छ ख्याल गर्नुहोस् । अरू पार्टीहरूसँग जुन सहकार्य गर्दै आएका छौं । लोकतन्त्र, संविधानको रक्षाको निम्ति पनि यो सहकार्यलाई अझ सशक्त बनाएर जानुपर्ने हुनसक्छ । कार्यकर्ताको मनोबल उच्च राख्नुपर्छ । केपी ओलीका सबै गलत निर्णयको खबरदारी गर्नुपर्छ । यी सबै कुराहरूमा हाम्रो केन्द्रीय कमिटीको एकमत रहनुपर्छ ।

हिजो जुन क्याबिनेट पुनर्गठन गरेको छ । काम चलाउ सरकारले यो संसदीय अभ्यास र असंवैधानिक काम गरेको छ । यो निन्दनीय छ । को-को साथीहरू किन छाडेका हुन् किन हटाइएका हुन् । थाहा छैन मलाई । थाहा नभएको कुरा भन्न सक्दिन । भित्र अन्तरविरोध छ कि छैन । यो अन्तरविरोध पनि रोएरै बस्ने खालका हुन् कि विद्रोह गर्ने मनस्थितमा पुगेका हुन् कि । ९राजाको शासनको कथा० । उहाँहरू सबैको मुटु र नाडी कस्तो छ आगामी दिनमा थाहा होला । तर हामी एक्लै धातुले बनेका क्रान्तिकारी भएको हुनाले त्यो हिसाबले अघि बढौं ।

कतिपय ठाउँमा बेलामा कदम चाल्ने कुरामा कमजोरी भयो होला । तर मेरो सोच सिंगो विचार समूह हो हाम्रो । यो विचार समूहको भावना दह्रो र दृढताका साथ अघि बढ्ने खालको छ । चैत ४ र ५ बाटै विद्रोह शुरू गरिसकेका छौं । संघर्ष अनि रुपान्तरण । त्यो पनि भएन भने निषेध । निषेधको दिशामा जाने कि नजाने भन्ने केपी ओलीको हातमा छ । अन्तिम चोटी हामी हेर्नेछौं ।

अहिले हामी पार्टीको घोषणा किन गर्न सक्दैनौं भने हामीले सांसदको हैसियतमा हस्ताक्षर गरेर सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । यो बेलामा अर्को पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुन पुग्छौं । एमालेको सांसद रहँदैनौं । अहिले नै त्यहाँ पार्टी दर्ता गर्न कागजातदेखि सबै तयारी गर्नुपर्छ । कसरी(कसरी जिल्ला प्रदेश र केन्द्र कमिटी बनाउने भनेर तपाईंहरू जिल्लामा हामी केन्द्रमा तयारी गर्नेछौं । गृहकार्यहरू धमाधम भइरहेको छ । एकता भयो भने के भएन भने के जस्तोसुकै संकटको बेलामा अघि बढ्ने गरी हामी तयार हुनुपर्छ । सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ । नत्र हामी घर न घाटको हुनेछौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com