ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरान उपमहानगरपालिकामा सुकुम्बासीको लगत सङ्कलन शुरु


एबीसी / संवाददाता

१३ वैशाख
दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई धरान उपमहानगरपालिकाले लगत सङ्कलन शुरुआत गरेको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजत्वमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन प्रमाणिकरण गर्ने उद्देश्यले गठित भूमिसम्बन्धी समस्या समाधान स्थानीय सहजिकरणको दोस्रो बैठकले आइतबारदेखि लागत सङ्कलन गर्ने निर्णय गरेको थियो ।

झण्डै २० हजार जनसङ्सख्या भएको वडा नं १५ मा एक हजार १६० भूमिहिनको नाम सङ्कलन गरी आइतबार–१५बाट फारम वितरण शुरु गरिएको छ । । प्रमुख राईले वडाध्यक्ष नरेश इवरामलाई फारम हस्तान्तर गरेर लागत सङ्कलन शुरु गर्नुभएको थियो ।
लगत सङ्लकन इकाइका संयोजक वेदप्रसाद सापकोटाका अनुसार आइतबारदेखि धरानको २० वटै वडाकार्यालयमार्फत फारम वितरण र फारम भराउने कार्य सुरु गरिएको बताउनुभयो । १५, १३, ११, १६ र १७ नंं वडामा आइतबार नै प्रमुख राईले शुभारम्भ गर्नुभएको छ । लगत सङ्कलनका लागि ३६ कर्मचारी खटाइएको छ । भूमि व्यवस्थापन आयोगमार्फत हाल यहाँ लगत सङ्कलनको लागि १४ हजार ५०० घरधुरीले नाम टिपाएका छन् । यसपछि कम्प्युटरमा समावेश गरिनेछ । यसपछि जग्गाको नाप जाँचका लागि अमिन र शुपरिवेक्षक खटिने जनाइएको छ ।

विगत ३४ वर्षपछि यहाँ सुकुम्बासीले आफूँ बसोवास गरेको जग्गाको प्रमाणपत्र पाउन लागेको वडाध्यक्ष इवरामले बताउनुभयो । लगत सङ्कलनमा दलीय कार्यकर्ताभन्दा पनि बास्ताविक भूमिहीनको पचिान गरी उनीहरुलाई न्याय दिन उपमहानगर प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।

आयोगले भूमिहीनका लागि काम गर्ने भएकाले सबै ढुक्क भएर बस्न प्रमुख राईले वडाबासीलाई आग्रह गर्नुभयो । सरकारले भूुमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकालाई पूर्जा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ ।

सहजिकरण समितिमा नगरप्रमुख राई संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल सदस्य सचिव छन् भने राजनीतिक दलको तर्फबाट सदस्यमा नेकपा एमालेका राजमणी निरौला, नेकपा एमालेका हर्कजङ एभेङ, माओवादी केन्द्रका सुदर्शन श्रेष्ठ, नेपाली कांग्रेसका नरसिंह राई, जनता समाजवादी पार्टीका ताजुब लिम्बु, कार्यपालिका सदस्य हिरादेवी राई, कल्पना थापामगर, नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुबास राई र समाजसेवी पञ्चकला राई सदस्य रहनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com