ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाईरसको प्रकृति विगतको भन्दा फरक : सतर्कता अप्नाउन स्वास्थ्यकर्मीले दिए यस्तो सुझाव (भिडियोसहित)


एबीसी / संवाददाता
बैशाख ११, २०७८ शनिबार   ९ : ५३   बजे

काठमाडौँ, ११ बैशाख । देशमा दैनिक दुई हजारभन्दा बढीको संख्यामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । विश्वव्यापीरुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस महामारीबाट करिब १० हजारभन्दा बढीमा गरिएको पिसीआर परीक्षणमा दुई हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससगै थप स्वास्थ्य सुरक्षा सतर्कता अप्नाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

देशभर यतिबेला दैनिक दुई हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमितको संख्या बढ्दैछ । यसमा पनि काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, मोरङ, पर्सा, बारा, चितवन, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बा“के, सुर्खेत र कैलाली लगायतका १४ जिल्लालाई अतिप्रभावित जिल्लाको रुपमा वर्गिकरण गरिएको छ । यी अतिप्रभावितक जिल्लाका मुख्य शहरी क्षेत्रमा विद्यँलय समेत सञ्चालन नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । दोस्रो चरणको कोरोना भाईरसको संक्रमण १८ वर्ष मुनिका बालबालिकाहरुमा समेत देखा पर्दै गएपछि यसले थप चिन्ता पैदा गरेको छ । तसर्थ, बालबालिकाहरुमा पनि विशेषतः साबुन पानीले हात धुन, स्यानिटाइजर लगाउन, भीडभाडमा सकेसम्म नजान र गइहाले सामाजिक दुरी एवम् मास्कको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

विगतमा कोरोना भाइरसको संक्रमण बालबालिकामा देखा परेको थिएन । आमाको गर्भ रहेकै अवस्थामा शिशु अझ बढी सुरक्षित रहेको स्वास्थ्यकर्मीहरुले बताएका थिए । तर, दोस्रो चरणको कोरोना भाईरसको प्रकृति विगतको भन्दा फरक देखिएको छ । यससगै गर्भवती एवम् सुत्केरी महिलाहरुले पनि थप स्वास्थ्य सतर्कता अप्नाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । त्यसो त, कोरोना भाईरस संक्रमणको जोखिमको हिसाबले प्राथमिकतामा परेकाहरुले पहिलो र दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने क्रम निरन्तर छ । तर खोप लगाएकाहरुमा पनि पुनः सक्तमणको जोखिम भने हुन्छ नै ।

यसका लागि खोप लगाईसकेकाहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गर्न स्वास्थ्यविज्ञहरुले सुझाव दिएका छन् । दोस्रो चरणको कोरोना भाईरस संक्रमणदर बढेसगै स्वास्थ्य क्षेत्रमा समस्या देखा पर्दै गएको छ । दोस्रो चरणको कोरोना विगतकोभन्दा फरक प्रकृतिको देखिएका कारण पनि यसले थप चिन्ता पैदा गरेको हो । रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यसखाले संक्रमणले छिट्टै प्रवेश पाउने झन् बढी खतरा भएका कारण दिर्घरोगी, अशक्त र वृद्धवृद्धाहरुले स्वास्थ्य सम्बन्धित थप सजगता अप्नाउन जरुरी छ । यससगै सरकार लगायत स्वास्थयकर्मीहरुले दिएको सुझाव अनिवार्यरुपमा पालना गरि कोरोना भाईरसको महामारीबाट आफू र अरुलाई बचाउन सजक रहनुपर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group