ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको उभार ल्याइने– नागरिक आन्दोलनका अगुवा वाग्ले


एबीसी / संवाददाता
माघ २०, २०७७ मंगलबार  ५ : २१ बजे

काठमाडौं, २० माघ ।  बृहत् नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको उभार ल्याइने बताउनुभयो । उहाँले फागुन ७ गते काँडेतार हटाएर भए पनि टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताउनुभएको हो । ‘पहिले पनि प्रतिगमनविरूद्ध टुँडिखेलमा नागरिक आन्दोलनको घोषणा भएको थियो, म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ,’ वाग्लेले मंगलबार शोभा भगवतीको नागरिक आन्दोलनमा उहाँले भन्नुभयो, ‘त्यही सभामा बृहत् नागरिक आन्दोलनको घोषणा पत्र हामी सार्वजनिक गर्दछौं। र, नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं।’

उहाले २००७ सालपछिको इतिहास व्याख्या गर्दै शासकहरूले गलत रवैया देखाएको र गलत काम गरेको भन्दै त्यसको एकएक हिसाब टुँडिखेलबाट मागिने समेत बताउनुभयो । ‘टुँडिखेलमा भेला भएर पहिलो बृहत् नागरिक भेलाले ७० वर्षदेखिको एक(एक हिसाब माग्नुपर्ने भएको छ,’ वाग्लेले भन्नुभयो , ‘शासकहरू, हिजो सिंहदरबार कसले बनायो ? त्यो माटो केले बनेको थियो? सिंहदरबारको नेपाली जनताको गाँस, बास, चामल र मास घर-घरबाट खोसेर ल्याएर बनाएको हो।’ त्यसरी सिंहदरबार बनाउँदा छ महिनासम्म पहाडमा र भक्तपुर-काठमाडौंमा अनिकाल परेको उहाले भन्नुभयो । ‘हाम्रा बच्चाहरू कुपोषणको सिकार भए। त्यो सिंहदरबार, त्यहाँका शासकहरू आज के भए ? शासकहरू कसरी सेवक हुन्छन् भनेर सोचेको फेरि शोषक कसरी भए भन्नुपर्ने अवस्था आयो,’ वाग्लेले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बृहत् नागरिक आन्दोलन सुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com