ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना लागेर ठिक भइसकेको हो या संक्रमणनै नभएको थाहापाउन केहि समय कुर्नैपर्ने


एबीसी / संवाददाता
मंसिर २१, २०७७ आईतबार  ३ : ४१ बजे

काठमाडौं, २१ मंसिर । अहिले नेपालमा कोरोना संक्रमणदर घटिरहेको छ, तर कोरोनाको जोखिम भने टरिसकेको छैन । विज्ञहरु जाडोमा कोरोनाको दोस्रो लहर आउन सक्ने बताइरहेका छन् ।हामीलाई कुनैपनि लक्षण बिना कोरोना संक्रमण भई निकोपनि भइसकेको हुनसक्छ, लक्षण विहिन हुँदा आफु संक्रमित नभएको भ्रममा पनि हुनसक्छौं ।

कोरोना भए र नभएको थाहा पाउन पीसीआर परीक्षण भइरहेको छ । पीसीआर परीक्षणले शरीरमा कोरोना भाइरस सक्रिय भएको अवस्थामा मात्र संक्रमण भए र नभएको पत्ता लाग्छ तर पहिला नै संक्रमण भइसकेको तथ्य भने पत्ता लाग्दैन । यसका लागि एन्डीबडी परीक्षण गर्नुपर्ने हुन्छ ।

एन्टीबडी परीक्षणमा रगतको नमुना संकलन गरि जाँच गरिन्छ र यसबाट पहिला नै कोरोना संक्रमण भई निको भइसकेको छ भने पनि पत्ता लाग्छ । नेपालमा पनि कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन एन्टीबडी परीक्षण सेरो प्रिभिलेन्स सर्भे भइसकेको छ, केहि दिनमा नै यसको नतिजा सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा।वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमणको अवस्था पत्ता लगाउन पहिलो चरणमा सेरो प्रिभिलेन्स सर्भे भइसकेको छ। हामीले सर्भे सम्पन्न गरि रिर्पोट मन्त्रालयमा बुझाएका छौं, केहि दिनमा मन्त्रालयले सार्वजनिक गर्नेछ । डा।पाण्डेले भन्नुभयो ।

सेरो प्रिभिलेन्समा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त किटको प्रयोग भएको थियो । नेपालमा किट सजिलै उपलब्ध नहुने भएकाले तत्काल एन्टीबडी परीक्षण गर्न सकिने अवस्था नरहेको पाण्डेले बताउनुभयो । किटहरुको उत्पादन प्रकियामै छ महिना लाग्ने भएकाले सहज तरिकाले किट उपलव्ध भएपछि मात्र नेपालमा एन्टीबडी परीक्षणको थालनी गर्न सकिने डा.पाण्डेको भनाई छ ।

रगतको नमुना संकलन गरि कोरोनाको एन्टीबडी परीक्षण मार्फत आफुलाई कोरोना लागेर ठिक भइसकेको वा कोरोना संक्रमणनै नभएको पत्ता लगाउन सर्वसाधारण नागरिकले अझै केही समय कुर्नैपर्ने डा. पाण्डे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com