ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पल कर्मचारीका लागि आफ्नै छुट्टै मास्क डिजाइन


एबीसी न्यूज

काठमाडौं, २८ भदौ ।  विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले आफ्नो कर्मचारीका लागि आफ्नै डिजाईनको मास्क तयारी गरेको छ । एप्पलले डिजाइनको क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गरिरहेको छ । आफ्नो डिजाइन दर्शनलाई एक कदम अगाडि बढाउँदै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क डिजाइन गरेको हो ।

ब्लुम्बर्गका अनुसार विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि अनुहारमा मास्क लगाउनु अनिवार्य जस्तै बनेको बेला एप्पलले आफ्ना कर्मचारीहरुका लागि आफ्नै छुट्टै मास्क डिजाइन गरेको हो ।

उक्त मास्कको नाम ‘एप्पल फेस मास्क’ रहेको छ । कम्पनीको इन्जिनियरिङ तथा औद्योगिक डिजाइन सम्बद्ध टिमले उक्त मास्कको डिजाइन गरेको हो । त्यस्तै म्याक र्युमर्स नामक वेबसाइटले पनि एप्पलको मास्कका विषयमा समाचार प्रकाशित गरेको छ । एप्पल फेस मास्कमा तीनवटा पत्र रहेका छन् जसले सुक्ष्म कणहरु समेत भित्र छिर्न तथा बाहिर निस्किन दिँदैन समाचारमा उल्लेख छ ।

सो मास्कलाई धोइपखाली गरी बढीमा ५ पटकसम्म पुनः प्रयोग गर्न सकिने बताइएको छ । एप्पललाई उद्धृत गर्दै ब्लुम्बर्गले जनाएअनुसार निकै सावधानीपूर्वक अनुसन्धान तथा परीक्षण गरी उक्त मास्कको डिजाइनलाई पूर्णता दिइएको हो । आगामी दुई हप्ताभित्र एप्पलको कर्पोरेट तथा रिटेल शपहरुमा कार्यरत कर्मचारीहरुले उक्त मास्क लगाउन पाउनेछन् ।

स्मरण रहोस् गत अप्रिल महिनामै एप्पलले स्वास्थ्यकर्मीहरुका लागि अनुहार छोप्ने चिकित्सा सामान डिजाइन गरी वितरण गर्ने घोषणा गरेको थियो । ट्वीटरमा सार्वजनिक गरेको एक भिडियो मेसेजमा एप्पल सिइओ टिम कुकले एप्पलले डिजाइन गर्ने स्वास्थ्यकर्मी लक्षित फेस शिल्डका विषयमा जानकारी गराएका थिए ।

उनले एक फेस शिल्डको नमूना समेत देखाउँदै उक्त फेस शिल्डका बारेमा डाक्टरहरुबाट सकारात्मक पृष्ठपोषण प्राप्त भैरहेको समेत दाबी ग्रेका थिए । उनका अनुसार एप्पलका फेस शिल्ड प्याकिङ गर्न तथा लगाउन समेत निकै सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com