ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले कहिले पनि अन्य मुलुकहरुको आन्तरिक मामलामा हस्तक्षेप गर्दैन –चिनिया राजदूत होउ यान्छी


ABC NEWS
श्रावण १६, २०७७ शुक्रबार   २ : २८   बजे

 

काठमाडौं १६ साउन । राष्ट्रपति सि चिनफिङ्ग र नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रा द्धिपक्षीय सम्बन्धलाई विकास र सम्मृद्धिका लागि चिरस्थायी मित्रताको रणनैतिक साझेदारीमा बिकास गर्न सहमत हुनुभयो भन्दै हाम्रो द्धिपक्षीय सम्बन्ध नयाँ युगमा प्रवेश गरेको नेपालका लागि चिनिया रादूत होउ यान्छीले बताएकी छन् ।


राजदूत यान्छीले ‘चीनको आफ्नै अनुभवका आधारमा भन्न सकिन्छ कि बिकासका लागि स्थायित्व पूर्व शर्त हुन्छ । चीनले कहिले पनि अन्य मुलुकहरुको आन्तरिक मामलामा हस्तक्षेप गर्दैन । नेपाली नेता तथा साथीहरुसंगको भेटका अवसरमा मैले नेपालीहरुले राजनैतिक स्थायित्व कायम गर्न र आर्थिक बिकास प्राप्त गर्न सक्नुहोस् भनेर शुभकामना दिने गरेकी छु ।‘ भन्ने सन्देश दिइएकी छन् । पछिल्ला केही दिनहरुमा चीनले नेपालको राजनीतिमा हस्तक्षेप गरेको भन्ने प्रचारवाजी भइरहेका बेला राजदूत यान्छीको यस्तो अभिव्यक्ति आएको हो ।
नेपाल चीनबीचको दौत्य सम्वन्ध ६५औं वर्ष पूरा भएको अवसरामा राजदूत यान्छीले दुई पक्षीय शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्तहरुप्रतिको समर्थनबाट निर्देशित भएको बताइन् ।

हामी बीच कुटनैतिक सम्बन्धको स्थापना भए पश्चात एक अर्कालाई सदैव आदर, विश्वास, र साथ दिएका छौ । नेपालले एक चीन नीति प्रति आफ्नो दृढता कायम राखेको छ भने चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षाका निमित्त दृढताका साथ सहयोग गर्दछ । फरक ब्यवस्था तथा आकारका देशहरु भएर पनि हाम्रो सम्बन्धले सामञ्जस्यपूर्ण सहअस्तित्वको असल उदाहरण कायम गरेको राजदूत यान्छीले एबीसी न्युज टेलिभिजनसंगको विशेष अन्तर्वार्तामा बताएकी छन् ।

दुनियाँ अहिले कोभिडविरुद्ध संघर्षमा तर चीनले कसरी यो महामारीलाई नियन्त्रणमा राख्न सफल बनेको छ । यस बारे अन्य देशले सिक्नुपर्ने पाठ बारे चिनिया राजदुत होउ यान्छीको चिनिया अनुभव सुनाएकी छन् ।

राजदूत यान्छीका अनुसार कोभिड–१९ विरुद्धको लडाइँमा चीनको अनुभवलाई ‘थ्रिएस’का रूपमा संक्षेपीकरण गर्न सकिन्छ । पहिलो ‘एस’, सिस्टम (प्रणाली) रहेको छ । हामीले संस्थागत सुविधाको पूर्ण सदुपयोग ग¥यौँ । साथै, केद्रीकृत एवं किफायती कमान्ड प्रणाली स्थापित गरेका छौँ । राष्ट्रपति सी चिनफिङको नेतृत्व र मार्गनिर्देशन अन्तर्गत सबै तहका सरकारका सबै विभागले अत्यन्त व्यवस्थित रूपमा नियन्त्रण प्रयास गरेका छन् । स्थानीय अधिकारी तथा अन्य सरोकारवालाहरू पनि आ–आफ्नो जिम्मेवारीमा खरो उत्रिएका छन् । र, उनीहरूले केन्द्रीय अधिकारीका प्रत्येक निर्णय र योजनालाई इमान्दारीपूर्वक पालना गरेका कारण चीन सामान्य अवस्थातिर फर्कन लागेको राजदूत यान्छीको अनुभव छ ।

तेस्रो ‘एस’ सेक्रिफाइज (त्याग) हो । मुलुकको भाग्यका लागि सबै नागरिकको जिम्मेवारी हुन्छ । एक अर्ब ४० करोड चिनियाँ जनता, चाहे जुनसुकै लिंग, उमेर र पेसाका हुन्, तिनले एकताबद्ध भएर यो महाव्याधिविरुद्धको लडाइँमा आफूलाई होमेका छन् । चिकित्साकर्मीहरू साहसका साथ आफ्नो कर्तव्यमा उत्रिए । वुहान र हुवेईको अन्य भागका जनताले दृढ संकल्पित भएर नोबल कोरोना भाइरसविरुद्ध लडे र संक्रमण फैलन नदिन बलिदानी पनि दिए ।

समुदायमा काम गर्न पठाइएका समुदायका कामदार, प्राथमिक एवं सामुदायस्तरका अधिकारी, अन्य अधिकारी, प्रहरी र भन्सार अधिकारीहरू नागरिकको जीवन र सार्वजनिक सुरक्षाको रक्षा गर्न अहोरात्र खटिए । कुरियर, सफाइ कर्मचारी, यातायात कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी एवं समाजका अन्य क्षेत्रका थुप्रै मानिसले आफूलाई यो महाव्याधिविरुद्धको लडाइँमा समर्पित गरेका छन् ।

राजदूत यान्छीले नेपाल– चीन दौत्य सम्वन्ध स्थापनाको ६५ औं वर्षका अवसरमा एबीसी न्युज टेलिभिजनसंग कुरा गर्दै दुई देशको सम्वन्ध नदी जस्तै निर्मल र हिमश्रृंखला जस्तै पवित्र रहेको समेत बताइन् ।

राजदूत यान्छी भन्छिन् – जीवन सर्वोच्च छ, जीवनको सम्मान नै सबभन्दा महत्वपूर्ण मानवअधिकारको रक्षा हो । यो महाव्याधिको सुरुवाती चरणमा हामीलाई नै ठूलो परिमाणमा चिकित्सकीय सामग्रीको आवश्यकता थियो, तथापि हामीले एक सय २० भन्दा बढी मुलुक र थुप्रै अन्तर्राष्ट्रिय संगठनलाई सर्जिकल तथा एन–९५ मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), न्युक्लिक एसिड टेस्ट किट्स तथा अन्य सहायता उपलब्ध गराउने व्यवस्था गरेका थियौं ।

राजदूत हाउ यान्छीले पछिल्लो समयमा भारत नेपालबीचको सम्वन्धमा सिमाविवाद बढ्दै दुई छिमेकी मूलुकवीच बढ्दै गएको दरारमा नेपालले आफ्नो सुझवुझका साथ आफ्नो सिमा रक्षा गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउन नयाँ नक्सा जारी गरेदेखि विभिन्न चरणमा वार्ता सम्वाद, छलफल गरेपनि भारतीय पक्षले भने नेपाललाई अर्को मूलुकको उत्साहटमा लागेर नक्सा जारी गरेको भन्ने आरोपका बारेमा राजदूत यान्छीले कुटनीतिक रुपमा नै यो नेपालको आफ्नो विषय भएकाले विवादित भूभागको संप्रभुतासंग जोडिएको हुँदा यो दुई देशवीचको विषय भएको स्पष्ट गरिन् । ‘चिनियाँ पक्ष नेपाली पक्षको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सधैँ सम्मान गर्छ ।

कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो । हामीलाई आशा छ, दुई मुलुकले आफ्ना असहमति मित्रवत् छलफलमार्फत ठीकसँग सुल्झाउने छन् । र, परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिने छन् भन्नेमा  चीनको विश्वास रहेको राजदूत यान्छीले बताइन ।

राजदूत होउ यान्छीसंगको विशेष अन्तर्वार्ता भोलि अर्थात अगष्ट १ तारिख विहान ७ः१५ बजे एबीसी न्युज टेलिभिजन र नेपालपेजडटकममा प्रसारण तथा प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group