ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्चुअल कक्षा र यसले उब्जाएका प्रश्नहरु


एबीसी न्यूज
असार १५, २०७७ सोमबार   २ : ४५   बजे
लेखक-सुरेश चुम्बक अधिकारी
लेखक-सुरेश चुम्बक अधिकारी

नेपाल सरकारले असार १ देखी भर्चुअल कक्षा को लागी आव्हान गर्यो त्यो अनुसारको को बजेट पनि आएको छ । प्रधानमन्त्रीदेखी शिक्षा मन्त्रीसम्म अब औपचारिक पठनपाठन सुरु भयो अब स्कुल जाने उमेरका बालबालिका सिकाइ क्रियाकलाप भन्दा बाहिर छैनन् भन्नेमा ढुक्क देखिन्छन् तर दुरदराजको कुरा त पर नै राखौ शहरका बालबालिकाको समेत अहिलेको सिकाइ प्रक्रियामा कति समाबेश भएको छन् भन्ने तथ्यांक खोज्ने हो भने स्थानीय देखी संघीय सरकार सम्मले नसोचेको तथ्यांक देखिन सक्छ । अहिले को भर्चुअल कक्षा र यसले निम्ताउन सक्ने प्रश्न हरु चर्चा गरौ ।

१ सिकाइ क्रियाकलापमा ह्रास हुन सक्ने ठुलो सम्भावना देखिन्छ । बाल मस्तिष्कमा एकोहोरो टिभी, रेडियो, मोबाइल सुन्ने र हेर्ने बानी को बिकास हुँदा सिकाइ क्रियाकलापमा जुन सक्रियता चाहिने थियो त्यो हराउन सक्छ र नियमित कक्षा सुरु हुँदा समेत सक्रिय सिकाइ क्रियाकलापमा सामेल नहुन सक्ने सम्भावना रहन सक्छ जुन एउटा बालकको लागी डर लाग्दो अवस्था हो ।

२ बिद्यालय छोड्ने दरमा वृद्धि । हरेक शैक्षिकसत्र को सुरुवात सङै विद्यालय जाने उमेरका बालबालिकाहरु विद्यालय छोड्ने संख्या उल्लेख्य थियोे कतिपय विद्यार्थीलाइ शिक्षक आफैंले सम्झाएर भए पनि निरन्तरता दिन बाध्य पारिएको अवस्था थियो अब त्यो अवस्थामा रहेका बालबालिकाको लागी न त विद्यालय ले अग्रसरता देखाउन ध्यान दिएको देखिन्छ न त स्थानीय सरकार ले नै । तसर्थ अब विद्यालय छोड्ने दर उच्च रहने छ । भर्चुअल कक्षा ले त्यस्तो बर्गलाइ समेटेको देखिदैन ।

३ सरकार ले संचालन गरेको दिवा खाजा कै कारणले मात्रै भए पनि हाम्रा दुर दराजका बालबालिकालाइ केही पौष्टिक आहार को जोहो मिलेको थियो, विद्यालय जान प्रेरित गरेको थियो अब अहिलेको भर्चुअल कक्षाले त्यो समेट्न सक्दैन जसले गर्दा त्यसको प्रत्यक्ष असर सिकाइ क्रियाकलापमा देखिन्छ ।

४ अहिले भर्चुअल कक्षाको भेल आएको छ । एकै समयमा संघीय देखी स्थानीय सरकार कै लगानीमा राष्ट्रिय देखी स्थानिय टेलिभिजन, युट्युब मा विभिन्न कक्षा हरु संचालित छन् । सरकारले राष्ट्रिय स्तरमा नै भर्चुअल कक्षा सन्चालन गरेको अवस्था मा स्थानीय स्तर मा सोहि प्रकृति का भर्चुअल कक्षामा स्थानीय पालिकाको लगानी के का लागी ? यो रकम अन्य क्रियाकलापमा लगानी गरेर सरकारको सो कार्यक्रममा नै सबै विद्यार्थीलाइ समाबेश गर्न जोड दिन किन सकेका छैनन् राज्यको बेतन खाने शिक्षक कर्मचारी ?

५ अहिले सामुदायिक विद्यालयका शिक्षक हरु बडो मेहनतका साथ टोल टोल मा दिउसो विद्यार्थीसङ जोडिनु भएको तस्बिर र समाचार प्रकाशन र प्रकाशन भएका छन ,सरकार को भर्चुअल कक्षा को पहुँच भएको ठाउँमा कक्षामा जोडाउन भन्दा पनि अन्य क्रियाकलाप मा ब्यस्त देखिन्छन , अनि सरकारी भर्चुअल कक्षा कस्को लागी ?

६ सरकारी शिक्षकले नियमित तलब भत्ता पाएका छन् , पाउनु पनि पर्छ ,तर भर्चुअल कक्षाको अनुसारको क्रियाकलापमा विद्यार्थीले अघि बढेको छन् कि छैनन् ,त्यस्को मुल्यांकन गर्ने गरेका छन् त ?

७ अहिले हेर्दा देखिएको भर्चुअल कक्षामा पुस्तौ देखि चलि आएको शिक्षण प्रणाली भन्दा फरक देखिएन। अहिले को बिषम परिस्थितिमा के तोकिएको पाठ्यसामग्री मात्रै नै हो त हाम्रो बालबालिकाको सिकाइ क्रियाकलाप रु परम्परागत पाठ्यक्रम केन्द्रित भन्दा उमेर गत फरक कक्षा सन्चालन गर्न सकिने थिएन होला र ?

८ निजि विद्यालयका शिक्षक कर्मचारीले तलब खान नपाएको गुनासो चर्को रुपमा आएको छ। सरकार भर्चुअल बिधिबाट पठनपाठन अघि बढाउन निर्देशन दिन्छ अनि त्यही अभिभावक बाट चलेको छ निजि विद्यालय भन्ने जान्दाजान्दै पनि शुल्क नलिन आग्रह गर्दछ अनि आफु कुनै जिम्मेवारी पनि लिदैन तर पनि निजि विद्यालय हतार हतार भर्चुअल कक्षा सन्चालन गर्दछ । कुरा प्रष्ट नभई भर्चुअल कक्षा सन्चालन नगरेको भए अभिभावक आफैंले तिर्न राजी हुन्थिए होलान् कि त सरकार ले केहि उपाय सुल्झाउन पहल गर्ने थियो होला । आखिर ५\७ दिन पछि कक्षा सन्चालन हुँदा आकाश नै परिवर्तन हुने थिएन होला नी ? आफ्ना विद्यार्थी अर्को मा जान्छन् कि भन्ने डरले हतास मा गरेको निणर्य ले भर्चुअल कक्षा सन्चालन गरेका शिक्षकको पेट भोकै रहन सक्ने देखियो ।

९ सहरी ईलाकामा ईन्टरनेट को पहुँच भएको क्षेत्रमा भर्चुअल कक्षाले विद्यार्थीमा मोबाईल र ल्यापटप जस्ता उपकरणले कलिलो मस्तिष्कमा ठुलो असर गर्ने बिज्ञले सचेत गराएको प्रति आबश्यक सजगता देखिदैन । नियमित विद्यालय जान थालेपछि पनि उपकरणमा बसेको लत हटाउन गाह्रो हुन सक्छ ।

१०। सरकारले के साच्चै टि भि रेडियो मोबाइल बाट नै कक्षा अघि बढाउने भित्री नियत राखेको होरु त्यसो हो भने त्यस को अभिलेखिकरण कतै भएको छ ? कम्तिमा पनि स्थानीय निकायले प्रत्येक विद्यालयसङ कुन विद्यार्थी कुन ढंगले सिकाइ क्रियाकलापसङ जोडिएको छन् त्यसको लगत राख्न सकिन्थ्यो होलानीरु नत्र को समाबेश छन् को छैनन् भन्ने तथ्यांक कसरी आउला ? अनि भर्चुअल माध्यमबाट सिकाइ बढ्यो भनेर कसरी मान्नु ?

११। सरकारले गत बर्षहरु मा बडो तामझामका साथमा नयाँ शैक्षिकसत्र सुरुमै भर्ना अभियान सन्चालन गर्ने गरेको थियो, यो बर्ष पनि विद्यालय जाने उमेरका विद्यार्थी छन् , सामाजिक दुरि कायम गर्दै ति कलिला बालबालिका समेट्ने कुरा किन कतै उठ्दैनरु कि भर्चुअल कक्षामा ति बालबालिका समाबेश गराउने उद्देश्य नै नभएको होरु यस्ता याबत प्रश्न हरुका बीच सन्चालन भएका भर्चुअल कक्षाहरु ले साच्चै विद्यार्थीमा सिकाइ क्रियाकलाप सहयोग गरोस् हार्दिक शुभेच्छा ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

राज्यका प्रमुख अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group