ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरिल्याण्डमा शुक्रबार तलाउमा डुबेका २५ बर्षका आशिषको आज निधन


एबीसी न्यूज
जेष्ठ ५, २०७७ सोमबार   ९ : २३   बजे

अमेरीका ,  ५ जेठ  । मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको निधन भएको छ । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् ।
मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले केसीको मृत्युबारे जानकारी दिएको भण्डारीले सामाजिक सञ्जालमार्फत जनाएका हुन् । विगत तीन वर्ष देखि मेरिल्याण्डमा वस्दै आएका आशिष गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेका थिए । उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा आईतवार उनको निधन भएको हो ।
भण्डारीका अनुशार शुक्रवारको दिन आशिष केसी सहित भतिजा र अन्य साथीहरु समेत मिलेर गएका थिए । तलाउमा डुबेर पानीको मध्य भागमा पुगेपछि आशिष चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । तर उनीहरु सफल हुन सकेनन् ।

त्यही वीचमा अरु साथीहरुले स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टर सहितको टोलीले उहाँको उद्धार गरेका थिए । उद्धारमा रहेको सिपिआर टोलीले अस्पताल लगेका थिए । अस्पतालमा आपतकालीन सेवामा रहेका चिकित्सकहरुले तत्काल उनको उपचारको प्रक्रिया थालनी गरेका थिए ।

डा सारा भायलाले आफूलाई दिनुभएको जानकारी अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएको भण्डारीले जनाएका छन् । सँगै २० घण्टा सम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखिएको र फेल भएको मृगौला डायलिसस समेत गराएको जनाइएको छ ।

आशिषको अस्पताल पुराउने समयसम्म मुटुको धडकन अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटर मार्फत मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भईसकेको थियो ।

उपचारमा विशेषज्ञ चिकित्सकहरुको टोली संभव भए सम्मको उपचार गरेका थिए । डा सारा भायलाको टिमले अन्तिमसम्म गरेको प्रयासको उच्च प्रशंसा गर्दे उनीहरुको सेवा भावको लागि भण्डारीले धन्यवाद व्यक्त गरेका छन् ।

भण्डारीले भनेका छन् (‘यसरी सयौ सपनाका साथ आप्रवासीको रुपमा अमेरिका आएर अल्पायुमा दिवंगत हुनुभएका केसीको निधनको खवरले हामी अत्यन्तै मर्माहत भएका छौं । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दछु ।’

यस दुखद क्षणको वारेमा नेपालको स्थानीय समय अनुसार सोमवार विहान नेपालमा रहनुभएका पिता मातालाई समेतलाई अवगत गराइएको छ । यस दुखद घडीमा अमेरिका र नेपालमा रहेका आशिषका परिवारजन साथीहरुमा धैर्य धारण गर्ने शक्तिका लागि कामना गर्दे आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कार सम्पन्न गर्नका लागि परिवारका सदस्यहरुको समन्वय र स्थानीय संघसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group