ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरिल्याण्डमा शुक्रबार तलाउमा डुबेका २५ बर्षका आशिषको आज निधन


एबीसी न्यूज

अमेरीका ,  ५ जेठ  । मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको निधन भएको छ । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् ।
मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले केसीको मृत्युबारे जानकारी दिएको भण्डारीले सामाजिक सञ्जालमार्फत जनाएका हुन् । विगत तीन वर्ष देखि मेरिल्याण्डमा वस्दै आएका आशिष गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेका थिए । उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा आईतवार उनको निधन भएको हो ।
भण्डारीका अनुशार शुक्रवारको दिन आशिष केसी सहित भतिजा र अन्य साथीहरु समेत मिलेर गएका थिए । तलाउमा डुबेर पानीको मध्य भागमा पुगेपछि आशिष चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । तर उनीहरु सफल हुन सकेनन् ।

त्यही वीचमा अरु साथीहरुले स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टर सहितको टोलीले उहाँको उद्धार गरेका थिए । उद्धारमा रहेको सिपिआर टोलीले अस्पताल लगेका थिए । अस्पतालमा आपतकालीन सेवामा रहेका चिकित्सकहरुले तत्काल उनको उपचारको प्रक्रिया थालनी गरेका थिए ।

डा सारा भायलाले आफूलाई दिनुभएको जानकारी अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएको भण्डारीले जनाएका छन् । सँगै २० घण्टा सम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखिएको र फेल भएको मृगौला डायलिसस समेत गराएको जनाइएको छ ।

आशिषको अस्पताल पुराउने समयसम्म मुटुको धडकन अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटर मार्फत मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भईसकेको थियो ।

उपचारमा विशेषज्ञ चिकित्सकहरुको टोली संभव भए सम्मको उपचार गरेका थिए । डा सारा भायलाको टिमले अन्तिमसम्म गरेको प्रयासको उच्च प्रशंसा गर्दे उनीहरुको सेवा भावको लागि भण्डारीले धन्यवाद व्यक्त गरेका छन् ।

भण्डारीले भनेका छन् (‘यसरी सयौ सपनाका साथ आप्रवासीको रुपमा अमेरिका आएर अल्पायुमा दिवंगत हुनुभएका केसीको निधनको खवरले हामी अत्यन्तै मर्माहत भएका छौं । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दछु ।’

यस दुखद क्षणको वारेमा नेपालको स्थानीय समय अनुसार सोमवार विहान नेपालमा रहनुभएका पिता मातालाई समेतलाई अवगत गराइएको छ । यस दुखद घडीमा अमेरिका र नेपालमा रहेका आशिषका परिवारजन साथीहरुमा धैर्य धारण गर्ने शक्तिका लागि कामना गर्दे आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कार सम्पन्न गर्नका लागि परिवारका सदस्यहरुको समन्वय र स्थानीय संघसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com