
काठमाडौं, ४ बैशाख । कोरोना भाइरसका कारण मर्नेको संख्या अमेरिकामा ३० हजार नाघेको छ।
नेपाली समय अुनसार विहीवार विहान सम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको सिएनएनले जनाएको छ । अमेरिकाभर बुधबारमात्र दुई हजार ३ सय ७१ जनाको ज्यान गएको छ। अमेरिका कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक हो। यसैगरी संक्रमित संख्या ६ लाख ४४ हजार ६ सय ४ पुगेको सिएनएनले उल्लेख गरेको छ। न्यू योर्क, क्यालिफोर्निया, लुइसियाना, न्यू जर्सी, म्यासाचुसेट्स र मिशिगन भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यहरू हुन्। सिएनएनका अनुसार पछिल्लो समय अमेरिकामा प्रतिदिन २५ हजार नयाँ संक्रमित भेटिने गरेका छन्।
यसअघि यो दर त्यहाँ ३५ हजार प्रतिदिनसम्म पुगेको थियो। यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी आफ्नो उच्चतम बिन्दुमा पुगिसकेको र त्यसमा सुधार आउन थालेको बताएका छन्।








प्रतिक्रिया दिनुहोस्