ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बांदरझुला, बांदरमुढे र प्रचण्ड प्रतिवद्धता


ABC News

चितवन,११ मंसिर । चितवन जिल्लामा पनि यस्तो ठाउं छ र भन्ने एउटा बस्ती छ । कुनै बेला भारतीय अतिक्रमणका विरुद्ध मानव ढाल बनाउने दरवारिया योजनामा बस्ती बसाइएको अनेकन तराईका बस्तीहरु मध्ये यो एउटा गाउं हो । त्यसमाथि पञ्चायत विरोधी आन्दोलनको नाममा वामपन्थीहरुले समेत बस्ती बसाउने अभियानलाई आन्दोलनका रुपमा अघि बढाएको दाबी गर्दछन् । त्यस्तै मध्येको अति विकट, विपन्न र साह्रै गएगुज्रेको जिन्दगी विताउन बाध्य पारिएका नागरिकहरुको बस्ती हो चितवन जिल्लाको माडी नगरपालिका अन्तर्गतको बांदरझुला । जहां अहिले ६सय २५ घर धुरी बसोबास गरेका छन् विगत ४० वर्षदेखि । अहिले त्यो गाउं माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र बन्न पुगेको छ । बांदरझुलाले अनेकन बुहार्तन व्योहरेर सीमा सुरक्षा गरेको छ । तर पुरस्कारका रुपमा निकुञ्जका सुरक्षाकर्मीको यातना र राज्यको धम्की सहंदै आएको सुन्दा जिउ सिरिङ्ग हुन्छ । निकुञ्जका मानिसहरुको अकल्पनीय शारिरीक र मानसिक यातना मात्र सहेको छैनन् बांदरझुलाबासीले । गत वर्ष प्रचण्ड नै प्रधानमन्त्री भएको दोस्रो दिनमा निकुञ्जले हात्ति लगाएर झण्डै बस्ती विनास गरेर राज्य आतंक मच्चाएको थिएन । त्यसलाई प्रधानमन्त्रीका रुपमा प्रचण्डले नै रोक्नु परेको पीडा बांदरझुलामा प्रचण्डले कारुणिक रुपमा सुनाए ।


एकजना बरिष्ठ सुरक्षा अधिकारीले भन्दै थिए बांदरझुलामा अधिकांश बच्चाहरुको नामा राइफल बहादुर र म्यागजिन कुमार छ । त्यसखालको यौनिक पीडा र लापरबाहीको समेत शिकार भएको बांदरझुला । त्यो पनि सिमा सुरक्षा गरेको पुरस्कारका रुपमा । बांदरझुला चारैतिरबाट खोलाको बगर, बाढी र खोलाले घेरिएको छ । बर्षायाममा बांदरझुला एउटा बन्दी गृहजस्तो बन्दछ । बांदर झुला पुग्न माडीबाट झण्डै १५ किमी निकुन्जका आधा दर्जन चेकिङ पार गरेर पुग्नु पर्दछ । त्यसैपनि जंगली जनावरको आक्रमण त आफ्नो ठाउंमा छंदैछ । बांदरझुलाको प्रचण्डको भाषण सुनिरहेका बुढाबुढीहरु भन्दै थिए । अब त प्रचण्डले गर्लान कि ? भन्ने आशाका साथ उनलाई नियाल्दै थिए ।


हामी त्यता जांदै गर्दा जसरी गर्वका साथ अमिक शेरचनले यो बस्ती मैले बसाएको हो भन्दै थिए, स्थानीयको पीडा सुन्दा गर्व होइन लज्जा हुनु पर्ने हो । विगत ४० वर्षदेखि अमिक शेरचन नै पटक पटक मन्त्री भए, बामपन्थीहरुकै ५ वटा सरकार बने तर बांदरझुलावासीका लागि आश्वासन भन्दा बढ्ता केही भएन । तर यसपटक प्रचण्ड र चितवनको संयुक्त बमगठवन्धनले बांदरझुलाबासीको समस्या समाधान गर्ने पहिलो एजेण्डा बनाएका छन् ।
त्यही माडीको बांदरमुडेमा सशस्त्र संघर्ष उत्कर्षमा पुगेका बेला त्रासदीपूर्ण विस्फोटमा ४१ जना बससवार निर्दोष नागरिकको हत्याभएको थियो । त्यसले राष्टिय र अन्तराष्टिय रुपमा समेत माओवादीलाई चिमोटिरहने घटना हो । स्थानीयका मनमा आजीवन मुटु चिसो बनाउने त्रसादी हो । त्यही क्षेत्रबाट प्रचण्ड चुनाव लड्दै गर्दा स्थानीयहरुले माफ दिएको देखिन्छ । तर माओवादीहरुलाई बदनाम गरिरहनका लागि केही विदेशी संस्थाले केही मानिसहरुलाई निरन्तर भत्ता खुवाएर दुरुपयोग गरिरहेको चितवनकै बरिष्ठ सुरक्षा अधिकारीले बताए । आइतबारमात्रै प्रचण्डको घरदैलो र चुनावी सभा शान्तिपूर्ण र स्थानीयको उत्साह र आत्मीयतामा सम्पन्न भए । तर बेलुका केही प्रायोजित अनलाईनबाट बांदरमुढे घटनाका पिडितलाई माओवादीले धम्क्याएको जस्ता अफबाह फैलाउने दुस्प्रयास देखियो । बांदरमुढे घटनाका पिडितहरुलाई राहत र क्षतिपूर्तिका लागि पटक पटक लिखित रुपमा नै प्रचण्डले राहत प्याकेज घोषणा गरेका छन् । स्थानीय एमाले नेतृत्वले नै अझ बढी सुझबुझका साथ डिल गरिरहेको छ । एमाले नेता देवी ज्ञावलीले बांदरझुलाबासीहरुलाई मल्टीस्टोर आवासमा पुनस्र्थापना गर्ने बताए ।
हाम्रो संसदीय प्रणालीले देशको जिम्मेबारी सम्हाल्ने नेताहरुलाई पनि निरिह र दुखी बनाउंदो रहेछ । सबै ठाउंमा लतारेको छ, चाहिने नचाहिने कुरा सुन्नु परेको छ । यस्ता नेताहरु प्रतिस्पर्धा गरेका क्षेत्रमा कुनै एउटा जोक्करले पनि मनोनयन गरेको भए उसैका बारेमा बदख्वाईं गर्नुपर्ने जस्तो दुर्भाग्य अवस्था छ । प्रचण्डका लागि पनि एउटा कमिशनखोर ठेकदारका बारेमा बोलिरहनु पर्ने बाध्यता सांच्चिकै यो व्यवस्थाकै टिठलाग्दो अवस्था हो ।


तर यसपटक प्रचण्ड आफ्नो गृहजिल्लाबाट चुनाव लड्दै गर्दा उनको मनोबैज्ञानिक उत्साह सहजै अनुमान गर्न सकिन्छ । स्थानीय एमाले नेताहरु काशिनाथ अधिकारी, देवी ज्ञावली र प्रेम रिमालले प्रचण्डलाई राष्टपति वा प्रधानमन्त्री वा एकीकृत कम्युनिस्ट पार्र्टीको अध्यक्ष भएर देशकै जिम्मा लिने प्रमुख नेताका रुपमा परिचय दिइरहेका छन् । त्यही प्रसंगमा अधिकारीले भने एउटा ठेकदारले यहां रिउ खोला र घ्यु खोला जोड्न ध्वांस दिंदै हिंडेको प्रसंग कोट्याउंदै यस्ता खोला जोड्ने पुल त बनाउनु पर्छ नै तर देशका लागि त्यो भन्दा बढी आवश्यकता केरुंग र कलकत्ता जोड्ने कामका लागि प्रचण्ड चाहिएको छ । त्यो भनाई निकै लयात्मक त थियो नै त्यसभन्दा बढी प्रचण्डको कूटनीतिक आयामलाई झल्काउने गुदी कुरा पनि थियो ।
प्रचण्ड परिबार यतिबेला अकल्पनीय शोकामा डुबेको छ । प्रचण्डको अनुहारमा भन्दा भावमा पीडा देख्न सकिन्छ । तर आमा मानिसले उनको अनुहारको पीडा पढ्न सक्दैनन् । यही नै प्रचण्डको प्रमुख चारित्रिक विशेषता हो । कलकार बद्री पंगेनीले प्रचण्ड तिमी निराश नुहुनु, अब हजारौं युवायुवती तिम्रै प्रकाश हुन् भन्ने गीत गांउंदा माडी खरकट्टको सभानै स्तवव्ध भएको थियो । बांदरझुलामा प्रचण्डले पनि भने अब मेरो सिंगो जीवन प्रकाशरुपी देशभरिका युवायुवतीका लागि खर्चिनेछु ।
प्रचण्ड चितवनका टोल, गाउं र भेटघाटका सभाका धपेडीमा दौडिरहंदा एकजना परिपक्क र देशका लागि सांच्चिकै केही गर्ने नेताको सन्देश दिइरहेका छन् । चितवनवासीहरु उनलाई पाएको गर्ब गर्न थालेको चोकहरुमा सुन्न सकिन्छ । जनताले विकास चाहेका छन्। दुवै पार्टीका स्थानीय नेताकार्यकर्ताले तत्काल पार्टी एकता चाहेका छन् । विदेशीहरुले प्रचण्ड र केपी ओलीबाट परिपक्क र सन्तुलित व्यवहार चाहेका छन् । त्यसका लागि उनीहरुले गर्नु पर्ने काम पहाड धेरै ठूलोछ । चुनौति पनि त्यस्तै अग्लो छ । त्यही भएर प्रचण्डले भनिरहेका छन् जे जे हुनु विगतमा भयो अब म बाट गल्ती हुंदैन । सांच्चै यस्तो भइदिए धेरै जाति हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com