ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणविरुद्ध अत्यावश्यक सामाग्री चीनबाट नेपाललाई हस्तान्तरण


एबीसी न्यूज
चैत्र १७, २०७६ सोमबार  १२ : ४३ बजे

काठमाडौं, १७ चैत ।  चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तीय सरकारले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ । त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले ल् ढछ मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सी ए एम सि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुनः प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुनः प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै चिनिया राजदुर होउ यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपाल संगै अन्तरराष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सामान हस्तान्तरणपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रशंशा गर्दै ती संस्थालाई धन्यवाद पनि दिनुभयो । कोरोना भाइरस चीनमा मात्रै फैलिन्छ भने सुरुमा चीनप्रति नकारात्मक संदेश भाव राख्नेहरुले यो रोग सबैतिर फैलिएपछि चीनको मात्र नभै विश्वव्यापी भएको भन्न बाध्य भएको उहांले बताउनुभयो । ढकालले विश्वव्यापी महामारीको रुपमा फैलिएको रोगलाई पनि नियन्त्रण गर्ने कुराको नेतृत्व गर्ने चिनीयाँ सरकार, राष्ट्रपति, प्रधानमन्त्री लगायत त्यहाँको कुशल नेतृत्वप्रति पनि म नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री ढकालले कोभिड १९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अबलम्बन गरेको बताउनुभयो ।
नेपालस्थित चिनियाँ राजदुतबाट प्राप्त यी सामाग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विदेशबाट आएकालाई सावधानीका साथ क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाईनमा राखेका व्यक्तिहरुको नमुना परीक्षण गरेर अरुलाई संक्रमित हुन नदिनका लागि यी स्वास्थ्यसामग्रीहरु उपयोगी हुने विश्वास गरिएको छ । कोरोना संक्रमणसंग फ्रन्टलाईनमा लड्न औषधीजन्य औजारहरु तथा डाक्टर नर्स लगायत प्रयोगशालामा काम गर्नेहरुका लागि आवश्यक पर्ने सामाग्रीले उनीहरुको सुरक्षाको प्रत्याभूति गर्दछ । अप्ठ्यारो परेका बेला छिमेकी मित्र राष्ट्रहरु पनि नेपालको साथमा छन् भन्ने आम नेपाली जनतालाई संदेश दिएको छ चिनिया सहयोगले । यो सहयोगबाट उच्च मनोबलका साथ रोगका विरुद्ध लड्न नेपाललाई सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com