ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि खतरा : राष्ट्र सङ्घ


एबीसी न्यूज
चैत्र १३, २०७६ बिहीबार  ९ : २९ बजे

काठमाडौं, १३ चैत ।  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् ।

अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताए । यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्नमा जोड दिए । एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए ।

संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ । कोरोनाविरुद्धका लडाइँमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाइँको लागि अपिल गरेका हुन् । महासचिव गुटेरसले यसअघि कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशसस्त्र युद्ध तत्काल रोक्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com