ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड १९ : ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघ्यो, १ लाख १३ हजारभन्दा बढी निको भए


एबीसी न्यूज
चैत्र १३, २०७६ बिहीबार  ८ : १० बजे


काठमाडौं, १३ चैत ।  विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)  का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार एक सय ७८ पुगेको छ ।

यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा सङ्क्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् ।

सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् ।

यस्तै चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ ।

इटालीपछि अमेरिकामा सङ्क्रमितको सङ्ख्या धेरै छ । अमेरिकामा ६५ हजार ६ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९ सय ३१ जनाको ज्यान गएको छ भने तीन सय ९४ जना मात्रै निको भएका छन् । सङ्क्रमितको तुलनामा निको हुनेको सङ्ख्या अमेरिकामा अरु देशमा भन्दा कम छ । अमेरिकामा ६४ हजार तीन सय २७ जनाको उपचार भइरहेको छ ।

चीन, इटाली र अमेरिकामा भन्दा स्पेनमा सङ्क्रमितको संख्या कम छ । तर त्यहाँ ज्यान गुमाउनेसँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्पेनमा मात्रै ४९ हजार पाँच सय १५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ५६ जनाको ज्यान गएको छ भने पाँच हजार तीन सय ६७ जना निको भएका छन् । ४० हजार पाँच सय एक जना उपचाररत छन् ।

स्पेनपछि जर्मनीमा ३७ हजार तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई सय ६ जनाको ज्यान गएको छ । तीन हजार पाँच सय ४७ जना निको भएका छन् । अहिले ३३ हजार पाँच सय ७० जना उपचार गराइरहेका छन् ।

यस्तै इरानमा २७ हजार १७ जनामा सङ्क्रमण भएकोमा दुई हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन् । १५ हजार तीन सय १५ जनाको उपचार चलिरहेको छ ।

यसैगरी फ्रान्समा २५ हजार दुई सय ३३ जनामा सङ्क्रमण भएकोमा एक हजार तीन सय ३१ जनाको ज्यान गएको छ । तीन हजार ९ सय जना निको भएका छन् भने २० हजार दुई जनाको उपचार भइरहेको छ ।

अहिले विश्वका एक सय ९७ देश र जापानको योकोहामा बन्ददरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९ सय तीन जनाको उपचार भइरहेको छ । एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com