ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ः मृतक संख्या १४ हजार नाघ्यो


एबीसी न्यूज


काठमाडौं, विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभि–१९)  भाइरसको संक्रमण विश्वका सबजसो देशमा पुगिसकेको छ ।

संयुक्त राष्टसंघमा सूचीकृत १९५ देशमध्ये आज (सोमबार)  विहानसम्म १९३ देशमा कोरोनाको संक्रमण देखिएको छ । संयुक्त राष्ट्रसंघमा सूचीकृत १९५ देशसहित विश्वमा २३० देशहरु रहेका छन् ।

कोरोनाको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको छ । १९३ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक हजार ५९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ हजार ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या पाँच हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना संक्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ४१५ पुगेको छ । अमेरिकामा संक्रमित हुनेमध्ये दुई जना नेपाली पनि छन् । संसारभर अहिलेसम्म तीन लाख ३७ हजार ५५६ जना संक्रमित भएकामा ९८ हजार ८५४ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्स्लर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने बताएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पूजास्थललगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com