ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाडीका देशमा कोराना सङ्क्रमणको पछिल्लो अपडेट, समस्या भएमा सम्पर्क नम्बर सहित


एबीसी न्यूज
चैत्र १०, २०७६ सोमबार  ११ : २२ बजे

काठमाडौं, १० चैत । खाडीका ६ देश र मलेसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या सोमबार बिहानसम्ममा तीन हजार नाघेको छ । विश्वका एक सय ९२ देशका तीन लाख ६८ हजार ७२४ जनामा सङ्क्रमण फैलिसकेको छ । १४ हजार ६८७ जनाको ज्यान गएको छ भने ९९ हजार ३ जना निको भएका छन् ।

कोरोना सङ्क्रमितको सँख्या बढ्दै जाँदा जोखिम पनि बढ्दो छ । आइतबार बहराइनमा तीन नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण पुष्टि भएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी

कतार
सङ्क्रमित सङ्ख्या – ४ सय ९४

निको भएर घर फिरेकाहरु – ३३

अस्पतालमा उपचाररत – ४ सय ६१

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् ।

दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

यूएई
यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ ।

सङ्क्रमित सङ्ख्या – १ सय ५३

निको भएर घर फिरेकाहरु – ३८

अस्पतालमा उपचाररत – दुई जना नेपालीसहित ११३

मृतकको सँख्या – २

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।

यूएईको  (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५

साउदी अरेबिया
सङ्क्रमित सङ्ख्या –५११

निको भएर घर फिरेकाहरु – १७

अस्पतालमा उपचाररत – ४९४

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् ।

अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बर

बहराइन
बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

सङ्क्रमित सङ्ख्या – ३३४ तीन नेपालीसहित

निको भएर घर फिरेकाहरु – १४९

अस्पतालमा उपचाररत – १८३

मृतकको सङ्ख्या – २

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ ।

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

कुवेत
कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।

सङ्क्रमित सङ्ख्या – १८८

निको भएर घर फिरेकाहरु– ३०

अस्पतालमा उपचाररत – १५८

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् ।

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् ।

ओमान
सङ्क्रमित सङ्ख्या – ५५

निको भएर घर फिरेकाहरु –  १७

अस्पतालमा उपचाररत –  ३८

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

मलेसिया
कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।

सङ्क्रमित सङ्ख्या – १३ सय ०६ ‍

निको भएर घर फिरेकाहरु –  १३९

अस्पतालमा उपचाररत – ११ सय ५७

मृतकको सङ्ख्या –  १०

कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com