ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री मगरको निर्देशनमा केयुकेएलले सुरु गर्दै सय ठाउँमा हात धुने व्यवस्था


एबीसी न्यूज
चैत्र ९, २०७६ आईतबार  ४ : ४८ बजे

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानी मन्त्री बिना मगरको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ ।

मन्त्री मगरको निर्देशनमा केयुकेएलले भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न सय ठाउँहरुमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागेको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकाले ठाउँ–ठाउँमा हात धुनका लागि पानी र साबुनको व्यवस्था गरिएको केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिनुभयो ।

केयुकेएलले आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा हात धुने व्यवस्था मिलाएको हो । उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट जोगिन सहज हुने भएको छ ।

केयुकेएलको उपत्यकामा रहेका सबै शाखाहरुले आम नागरिकहरुका लागि साबुन पानीले हात धुने व्यवस्था गरेको छ । महाराजगञ्ज शाखाले पानीपोखरी, लाजिम्पाट, जमलको दरबार हाइस्कुल, विश्वज्योति हल, रत्नपार्क, वीर अस्पताल, भोटाहिटीको आकाशेपुल, सामाखुसी र गोगंबु गरी १५ ठाउँहरुमा हात धुने व्यवस्था मिलाएको छ ।

केयुकेएलको ललितपुरस्थित जावलाखेल शाखाले १५ ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको छ । शाखाले जावलाखेल चोक, लगनखेल, पाटन कृष्ण मन्दिर, कुपण्डोल, सानेपा चोक र चापागाउँ लगायतको ठाउँमा हात धुने व्यवस्था गर्न लागेको हो । त्यस्तै भक्तपुरको मध्यपुर ठिमी शाखाले ठिमी चोक, लोकन्थली चोक, शंखधर चोक र गठ्ठाघर चोक गरी पाँच ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ ।

केयुकेएलको क्षेत्रपाटी शाखाका प्रमुख नृगेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी चोक, बसन्तपुर दरबार स्वायरभित्र मरु गणेशस्थान, बांगे मुढा, इन्द्र चोक, इन्द्रायणी मन्दिर, कालधारा, ठहिंटी र न्युरोडको भूगोलपार्क गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै बानेश्वर शाखाले हिजोबाट हात धुने व्यवस्था सुरु गरिसकेको छ भने कोटेश्वर, नरेफाँट, अनामनगर, डिल्लीबजार, ज्ञानेश्वर, मध्ये बानेश्वर र सिंहदरबार दक्षिण गेट गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको शाखा प्रमुख नारायण कर्णले बताउनुभयो । त्यस्तै भक्तपुर शाखाले पनि ठाउँ ठाउँमा हात धुने व्यवस्था गर्न सुरु गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com