ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाईरसः विश्वका पाचँ महामारी,जसको प्रकोपले बदल्यो ईतिहास


एबीसी न्यूज

कोरोना भाईरसको प्रकोपले विश्वका करोडौं मानिसको जीवन एउटा नाटकीय स्वरुपमा बदलीरहेको छ । उनीहरु जुन खालको रहन सहनको संस्कारमा रहेका छन्, त्यसमा बदलाव आईरहेको छ । यो बदलाव निकै सास्तीपूर्ण छ ।
मितिको पाना महामारीहरुले ईतिहास बदलिएको मिसिलले भरीएको देखिन्छ । साम्राज्यवादको विस्तार पनि भयो भने उसको दायरा समेटियो पनि । यहाँ सम्म कि दुनियाको मौसममा पनि यीनै बिरामीको कारण उत्तार चढाव आएको देखियो ।

ब्ल्याक डेथ र पश्चिम यूरोपको शक्तिशाली उदय

चौधौ शताव्दीको पाँचौ र छैटौ दशकमा प्लेगको महामारीले यूरोपमा मृत्युको हृदय विदारक हृदयविदारक ताण्डव गरेको थियो । यस महामारीको कहरबाट यूरोपको एक तिहाई जनसंख्या कालको खालमा परेका थिए । तर दशौं लाख मानिसको ज्यान लिने यो महामारीले कतिपय यूरोपेली देशका लागि बरदान साबित भयो । यति धेरै मानिसको मृत्यु पछि धेरै देशले आफूलाई हरेक क्षेत्रबाट यसरी अगाडी बढाए कि ती देशहरु आजको धनी देशहरुमा गनिन्छन् ।

ब्लाक डेथ अर्थात ब्युबोनिक प्लेगका कारण धेरै संख्यामा मानिसहरु मरे पछि खेतमा काम गर्ने मजदुर समेत कम भएको थियो । यसबाट जमिनदारहरु दिक्क भएका थिए । जो सगँ किशान बचेको थियो उसले जमिनदारसगँ सौदाबाजी गर्ने क्षमता बढायो । यसको नतिजा यो भयो कि पश्चिीमी युरोपेली देशहरुको सामन्तवादी व्यवस्था ढल्न मद्धत पुर्यायो । जो किशानहरु जमिनदारहरुको खेतमा काम गर्न बाध्य थिए, उनीहरु जमिनदारको कैदबाट मुक्त हुने स्थितिमा पुगे ।

यस बदलावले दास किशानको साटो मजदुरहरुको जन्म भयो । जसका कारण पश्चिम यूरोप ज्यादा आधुनिक , व्यापारीक र नगदमा आधारीत अर्थव्यवस्थातिर अघि बढे । किनकि मजदुरहरुलाई खेतको काम दिन किशानलाई मंहगो पर्न थालेको थियो ।

समुद्री यात्राको शुरुवात

यही बाध्यताले उनीहरु यस्तो प्रविधिमा लगानी गर्न बाध्य भए कि जसमा खर्च कम लागोस्,मजदुर कम लागोस् र काम पूरा होस् । यसो गर्दा लागत घटाएर नाफा बचाउन सकिन्थ्यो । यो भनिन्छ कि पश्चिीमी युरोपेली देशहरुले साम्राज्यवादको शुरुवात गरे । युरोपका मानिसहरुले लामो समुन्द्री यात्रा शुरु गरे । यसअघि लामो समुन्द्री यात्रा र अन्वेषण महंगो र खतरनाक मानिन्थ्यो । तर प्लेगबाट यति धेरै मानिसहरु मरे पछि मानिसहरुले जोखिमका बीच समुन्द्री यात्रा शुरु गर्न थाले । किन कि प्लेगबाट धेरै मानिस मरेको देखेर उनीहरुको मनबाट डर निस्किएको थियो । र उनीहरु यसरी बाहिर गए पछि आफ्नो देशको अर्थव्यवस्था बढाउने मौका पाए । फेरी उनीहरुले उपनिवेश शुरु गरे । यसरी प्लेग पछि पश्चिम यूरोपमा नयाँ उर्जा आयो । त्यस पछि अर्थव्यवस्थालाई आधुनिकिकरणले उनीहरलाई नयाँ प्रविधिकिो विकास गर्न बाध्य बनायो । विदेशमा जुन स्तरमा उपनिवेश बनाए र त्याहाँबाट जो कमाई गरे त्यसैको बलमा पश्चिम यूरोपेली देश शक्तिशाली भएर उभिए । आज पनि त्यसै आज पनि त्यही प्रगतिको बलमा पश्चिम यूरोपको धेरै देशले विश्वमा आफ्नो दबदबा बनाए ।

अमेरीकामा चेचकबाट मृत्यु र जलवायु परिवर्तन

यू्रोपेली देशहरुले पन्ध्रौ शताव्दीको अन्त्य सम्म अमेरीकी महाद्धीपहरुमा उपनिवेश विस्तार गर्दै आफ्नो साम्राज्य स्थापित गरेका थिए । आफ्नो साम्राज्य विस्तारको चक्करमा यूरोपेली शक्तिले त्याहाँका यति धेरै जनता मारे कि त्यस क्षेत्रमा ठुलो प्रभाव पर्यो । भनिन्छ त्यस बेला हावा समेत बदलिएको हुन सक्छ भनिन्छ । ब्रिटेनका युनिभर्सिटी कलेज अफ् लण्डनका वैज्ञानिकहरुले एक अध्ययनमा पाए कि यूरोपको विस्तार पछि अमेरीकाको करीब विश्वको दश प्रतिशत अर्थात ६ करोड जति जनसंख्या थियो त्यस बेला । तर एक शताव्दीमा यो घटेर केवल ६० लाखमा झरेको थियो । अमेरीकामा यूरोपेली उपनिवेश स्थापित भए पछि त्यस क्षेत्रमा भएको अधिकाश मृत्यु त्यस बिरामीको लागि जिम्मेवार थियो जो उपनिवेशवादीले आफ्नो साथमा लिएर आएका थिए । यीनमा सबै भन्दा ठूलो बिरामी थियो चेचक । अन्य विरामीहरुमा खसरा, हैजा,मलेरिया,प्लेग,कालो ज्वरो, र टाईफस पनि सामेल थियो जसले करोडौँ मानिसको ज्यान लिएको थियो । यी नै रोगहरुका कारण यस क्षेत्रको मान्छेले असह्य पीडा झेले । ठूलो संख्यामा मानिसहरुको ज्यान गयो र यसको नतिजा सारा विश्वले भोग्नु पर्यो ।

विश्वको तापमानमा कमी

जनसंख्या घटे पछि खेती कम भयो । बिशाल ईलाकाहरु प्mेरी जंगल र चउरमा फेरीए । एउटा अनुमान अनुसार यस कारण अमेरीकी महाद्धीपमा करीब ६ लाख ६० हजार बर्ग किलोमिटर ईलाका यसरी नै जंगलमा बदलिएको थियो । यो ईलाका केन्या या फ्रान्सको क्षेत्रफल बराबर हुन्छ । यत्रो बिशाल ईलाकामा रुख बिरुवा हुर्किएका कारणले वातावरणमा कार्बनडाईअक्साईडको स्तर तल झरेयो । यो तथ्य आर्कटिकको बरफको नमुनामा विम्वित भएको पाईएको थियो । यसले गर्दा विश्वको ठूलो हिस्सामा तापमानमा कमी आयो ।

वैज्ञानिकहरुको विस्वास छ कि अमेरीमाकामा धेरै हरियालीका साथ ठूलो खालको ज्वालामुखी विष्फोट र सूर्यको गतिविधिहरुमा कमी आएकाले पनि विश्वको तापमानमा कमी आयो र यस्तो दिशामा गयो कि जसलाई हामी लिटल आईस ऐज या लघु हिमयुग को नामबाट जान्दछौं ।

विडम्बना यो हो कि अमेरीकामा जुन युरोपेली देश आफ्नो साम्राज्याको विस्तारका साथ यो तबाही लिएर आएका थिए । यसैका कारण भएको जलवायु परिवर्तनको शिकार पनि सबै भन्दा धेरै यूरोपमै आएको थियो । यहाँ ठूलो स्तरमा बाली नष्ट भएको थियो र सुखा स्थितिको सामना गर्नु परेको थियो ।

पहेँलो ज्वरो र फ्रान्सको बिरुद्ध हाईटीको बिद्रोह

क्यारेवियन राष्ट्र हाईटीमा एक महामारी प्रकोप पहेँलो ज्वरो फैलियो । जसले फ्रान्सलाई उत्तरी अमेरीकाबाट बाहिर निस्कन बाध्य पारेको थियो । र यसपछि अमेरीका ठूलो र शक्तिशाली देश बन्ने दिशामा विकसित हुन थाल्यो । १८०१ मा क्यारेवियन देश हाईटीमा यूरोपको औपनिवेशिक तागतको विरुद्ध त्याहाँका धेरै दासहरुले विद्रोह गरे ।

एक पछि अर्को विद्रोहका कारण अन्ततः तुसैंत लोवरतूर र फ्रान्ससगँ सम्झौता भयो र उनी हैटीका शासक बने । उता नेपोलियन बोनापार्टले आजीवन देशको शासक घोषित गरेका थिए । नेपोलियनले पुरै हाईटीमा आफ्नो कब्जा जमाउने सोचे । हाईटी कब्जा गर्ने उदेश्यले उनले दशौं हजार सैनिक पठाए । ती सेना लडाँईमा निकै बहादुर साबित भए तर पहेँलो ज्वरोबाट मुक्त हुन पाएनन् । यसैबाट उनीहरु पराजीत भए । हाईटीमा भोगेको हार पछि बोनापार्टले उत्तरी अमेरीकामा फ्रान्सको औपनिवेशिक विस्तारको आफ्नो सपनालाई पनि तिलाञ्जली दिए । एक अनुमान अन्ुसार फ्रान्सको करीब ५० हजार सैनिक , अधिकारी, डाक्टर यस रोगबाट ग्रसित भएर मरेका थिए । युद्धमा गएका करीब तीन हजार सैनिक मात्र फ्रान्स फर्कन सफल भएको बताईन्छ ।

यूरोपको सेनासगँ अफ्रीकी सेनामा जस्तो यस ज्वरोको सामना गर्ने क्षमता थिएन । यो हारले नेपोलियनलाई सिर्फ हाईंटीबाट मात्र होईन उत्तर अमेरीकाबाट पनि फिर्ता हुन बाध्य पार्यो । हाईटी कब्जा गर्ने दुई बर्षे असफल प्रयास पछि २१ लख मिलियन बर्ग किलोमिटर ईलाका भएको क्यारेबियन द्धीपमा अमेरीकाको नयाँ सरकारलाई बेचिदियो । यसलाई लुईसियाना पर्चेजको नामले पनि जानिन्छ । जस पछि अमेरीकाको ईलाका बढेर दोब्बर भयो ।

अफ्रीकाको जनावारमाथिको महामारी

अफ्रीकामा जनावारमा फैलिएको एउटा महामारीले यूरोपलाई आफ्नो साम्राज्य विस्तार गर्न मद्धत पुर्यायो । यो प्रकोपले सिधै मानिसको मृत्यु हुदैन थियो । तर पनि यसले जनावारको ठूलो हिस्सालाई शिकार बनाएको थियो । सन् १८८८ देखि १८९७ सम्म दरमियान राईडरपेष्टको नामक भाईरसले अफ्रीकामा करीब ९० प्रतिशत घर पालुवा जनावार समाप्त पारेको थियो । यसलाई जनावारमा हुने प्लेग पनि भनिन्छ । यो महामारीले अफ्रीकाको धेरै हिस्सामा ठूलो समस्या ल्यायो । खास गरी हर्न अफ अप्रीका, पश्चिम अफ्रीका र दक्षिण अफ्रीकामा रहने धेरै समुदाय प्रभावित बने । भोकमरी, पशुमा आधारीत खेती गर्न मुस्किल हुन थाल्यो । अफ्रीकाको यस्तो खराब अवस्थाले १९ औं शताव्दीको अन्त्यमा युरोपेली देशलाई अफ्रीकाको ठूलो हिस्सामा आफ्नो उपनिवेश स्थापना गर्ने माहौल तयार भयो ।

यूरोपेली शक्तिको नियन्त्रण

हुनतः युरोपेली देशले अफ्रीकामा आफ्नो साम्राज्य स्थापित गर्ने योजना राईडरपेष्ट भाईरसको प्रकोप शुरु हुनु भन्दा धेरै पहिल्यै बनाएको थियो । १८८४ देखि १८८५ सम्म जर्मनीको बर्लिनमा एउटा यूरोपेली सम्मेलन भएको थियो । जसमा यूरोपको १४ देश बेलायत,फ्रान्स, जर्मनी, पोर्चुगल,बेल्जियम र ईटालीले भाग लिए । यी देशहरुले अफ्रीकामा उपविनेश कायम गर्न आफ्नो आफ्नो क्षेत्र लिने सम्झौता गरेका थिए । १८७० मा केबल १० प्रतिशत हिस्सा युरोपको नियन्त्रणमा थियो । तर १९०० सम्ममा ९० प्रतिशत हिस्सा नियन्त्रणमा लिन पुगे । यो राईडरपेष्ट भाईरसले यूरोपलाई सहयोग पुर्यायो ।

ईटालीमा १८९० मा ईरीट्रियामा साम्राज्य विस्तार शुरु गरेको थियो । उसलाई यो काममा राईडरपेष्टका कारणले सहयोग पुर्यायो । यो भाईरसका कारणले ईथियोपियाको एक तिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो ।

प्लेगको प्रकोप र चीनमा मिंग वंशको पतन

संयुक्त राष्ट्रको हिस्ट्री अफ अफ्रीकामा अफ्रीका महाद्धीपमा उपनिवेशवादको दावी यसरी गरिएको छ , अफ्रीकामा साम्राज्यवादले त्यसबेला हमला गर्यो , जबकि त्याहाँका मानिसहरु पहिले देखि नै एउटा ठूलो आर्थिक संकट झेलिरहेका थिए । र साम्राज्यवादसगँै जोडिएर कैयौँ खराबीहरु आए ।

चीनमा मिंग राजवंशले लगभग तीन शताव्दी सम्म राय गरेको थियो । आफ्नो पुरै शासनकालमा यस राजवंशले पूर्वी एशियाको ठूलो क्षेत्रमा आफ्नो प्रभाव छोडेको थियो । तर प्लेग भाईरसका कारण यो शक्तिशाली राजवंशको अन्त्य विनाशकारी रह्यो । यो महामारीले १६४१ मा उत्तरी चीनमा प्लेग जसरी नै आक्रमण गर्यो । जसले गर्दा धेरै मानिसहरुको ज्यान गयो । कतिपय ईलाकामा त जनसंख्याको २० देखि ४० प्रतिशत सम्म यही भाईरसले समाप्त पारेको थियो । खडेरी जस्ता समस्या झेलिरहेका बेला , बाली नष्ट भएका बेला भोकमरीले मरीरहेका मान्छेमाथि नै यो भाईरसले अर्को हमला गरे पछि झन संकट बढ्यो ।

चीनमा यो संकट , मलेरिया र प्लेग जस्ता बिरामीहरुले एक साथ फैलिए पछि पैदा भएको थियो । यो पनि हुन सक्छ कि चीनमा उत्तरबाट आएका आक्रमणकारीहरुबाट यो भाईरस आएको पनि हुन सक्छ । त्यही संकटका बेला तीनै आक्रमणकारीहरुबाट मिगं वशंको शासन उखेलियो ।

शुरुमा त चीनमा लुटेरा र डाकुहरुले हमला गरेका थिए तर पछि मंचुरियाको किगं राजवंशले संगठित तरीकाले चीनमाथि आक्रमण गरेर मिंग राजवंशको सधैका लागि समाप्त गरिदियो । त्यस पछि उनीहरुले आफैलाई चीनको शासक घोषित गरे । किंग वंशले सदियौं सम्म चीनमा राज्य गर्यो । मिंग वंशको अन्त्य हुनुमा खडेरी, भोकमरी, भ्रष्टाचार जस्ता कारण पनि थिए । तर भयानक बिरामीहरु र महामारीले यसलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका निभएको थियो ।
– बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com