ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी सार्ने चलखेल गरिए बुटवलमा आन्दोलन गरिने


sharan sharan

बुटवल, २१ फागुन ।
प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ ।
सरकार गठन भएको २ वर्षमा समेत राजधानी र नामाकरणका बिषयमा प्रदेश सरकारले आलटाल गरेको र राजधानी रुपन्देहीबाट अन्यत्र सार्ने षडयन्त्र गरिएको भन्दै आन्दोलनको तयारी गरिएको बताईएको छ । बुटवल स्थित जिवराज आश्रीत प्रतिष्ठानको कार्यालयमा भेला भएका रुपन्देहीका पेशागत संघ संस्थाका प्रमुख एर्व प्रतिनिधिहरुको भेलाले चलखेल गरिए आन्दोलन गर्न तयारी रहने निर्णय समेत गरेको छ । बरिष्ठ पत्रकार डि आर घिमीरेको सहजिकरणमा भएको भेलाले निकट भबिश्यमा प्रदेशसमा साबिक लुम्बिनी अञ्चल र यस आसपासका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा अर्को भेला गर्ने र आवश्यक परे सडक आन्दोलन समेत गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाका केहि सभासदहरु समेतको उपस्थितीमा भएको भेलामा रुपन्देहीका सबै दल निकट उद्योगी, ब्यवसायी तथा पेशागत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो । प्रदेशसभामा नेकपा सभासद भोज प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ र तुलसी चौधरी नेपाली कांग्रेसका सभासद रमा अर्याल र संघिय समाजबादी पार्टीका सभासद सन्तोष पाण्डेको समेत भेलामा उपस्थिती रहेको थियो । भेलामा सहभागिहरुले प्रदेशसभामा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने सभासदहरुले बलियो प्रतिनिधित्व गर्न नसकेको भन्दै सभासदहरुको आलोचना गरेका थिए । उनीहरुले बिगतमा अखण्ड प्रदेशका लागि गरिएको आन्दोलनको स्मरण गर्दै चलखेल गरिए फेरी त्यस्तै आन्दोलन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा चलखेल कस्ले गरेको भन्ने बिषयमा भने खुलासा गरिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com