ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरस्कृतलाई नै थाहा छैन पुरस्कार कुन अवसरमा पाईयो : प्रदेश ५ स्थापना दिवस


sharan sharan

बुटवल, ३ फागुन
प्रदेश ५ सरकारको दोस्रो स्थापना दिवसका अवसरमा पुरस्कृत ब्यक्तिले नै कुन सन्दर्भमा आफु पुरस्कृत भएको हो भन्ने थाहा पाउन सकेनन् । बिशेष कार्यक्रमका साथ प्रदेश सरकारे प्रदेश स्थापना दिवस मनाएपनि समारोहमा उपस्थित कतिपयलाई के को कार्यक्रम हुंदैछ भन्ने कुरा थाहा नभएको पाईएको छ ।
प्रदेश ५ सरकारले आज प्रदेश स्थापनाको दोस्रो बार्षिक उत्सव भब्यरुपमा मनाएको छ । बाजागाजा सहित प्रदेशको अस्थायी राजधानी बुटवलको राजमार्ग चौराहाबाट निस्केको ¥याली झण्डै ४ किलोमिटर पार गरेर बुटवल बहुमुखी क्याम्पस पुगेर सभामा परिणत भएको थियो । मिनी नेपालको संज्ञा दिंदै आएको प्रदेश सरकारले प्रदेशको स्थाना दिवस पनि मिनी नेपालकै शैलीमा मनाएको छ । ¥यालीमा बिभिन्न जाती, समुदाय र भेषभुषामा सजिएका नागरिकहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । नगरपालिकाको झांकी सहित आएको तिलोत्तमा नगरपालिकाको झांकीमा नगर प्रमुख बासुदेव घिमीरेको नृत्यले सबैको ध्यान खिचेको थियो । तर ¥याली मा उपस्थित हुने कतिपयहरुलाई भने ¥याली के का अवसरमा निकालिएको भन्ने नै थाहा थिएन ।
प्रदेश स्थानाकै अवसर पारेर प्रदेश सरकारले ३५ जना बिभिन्न क्षेत्रमा योगदान गरेका ब्यक्तिहरुलाई प्रदेश पदकले शुशोभित गर्नुका साथै बिभिन्न क्षेत्रका नागरिकहरुलाई पुरस्कृत समेत गरेको थियो । क्रीकेटका अन्तरराष्ट्रिय खेलाडी सन्जु चौधरी सहित धेरै खेलाडी स्थापना दिवसका अवसरमा पुरस्कृत भएका थिए । पुरस्कार लिए लगत्तै के को अवसरमा पुरस्कार पाउनु भयो भनेर प्रश्न सोध्दा चौधरीले दिएको थाहा छैन भन्ने उत्तरले स्थापना दिवसकै कद घटाईदिएको छ ।
त्यसो त पदक बितरणमा जनयुद्धमा परिवार गुमाएका देखि साहित्यमा योगदान पु¥याएका, सफल ब्यवसायी देखि परम्परागत कृषि उद्देमी सम्मका ब्यक्तित्व प्रदेश पदकबाट शुशोभित भएका थिए । २ छोरा जनयुद्धमा गुमाएका नेपाल कम्युनिष्ट पार्टी नेकपा बांकेका नेता अशोक रोकाया संकल्पले पदक प्राप्त गर्दा हिजो जुनयुद्ध लड्दा देखेका सपना साकार हुन थालेको अनुभुति भएको बताउंछन् ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले ७ वटा प्रदेशसमा बजेट परिचालनका हिसावले प्रदेश नम्बर ५ अग्र स्थानमा रहेको दोहो¥याए । उनले ४ महिनामा १८ प्रतिशत बिकास खर्च भएको दाबी गर्दै यो रफ्तारलाई कम आंकलन गर्न नहुने बताए ।
सरकारले गति लिन नसकेको टिप्पणी आउने गरेको प्रति मुख्यमन्त्री पोखरेलको असन्तुष्टी उनको सम्बोधनमा झल्केको थियो ।
सभा सुरुहुनु अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । प्रदेश स्थापनाको २ वर्षमा घोषित लक्ष्य हासिल गर्न प्रदेश सरकार सफल भएको मुख्यमन्त्रीको दाबी थियो । आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य उपलब्धी गरेपनि प्रदेशको नाम र प्रदेशको स्थायी राजधानी तोक्न नसक्दा सरकारको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com