ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँ– प्रधानमन्त्री ओली


admin

काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशङ्का रहेमा चिरेर जान आग्रह गर्नुभयो ।

उहाँले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै द्विविधा राख्न जरुरी नभएको स्पष्ट गर्नुभयो । “नेपाललाई नयाँ चरणमा लान हामी अग्रसर रहेका छौँ । हामी निर्वाचनबाट जनमत लिएर सरकारमा आएको कम्युनिष्ट पार्टी हौँ । हामी तीव्र आर्थिक विकासको गतिमा छौँ । हामी अब मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा क्रियाशील छौँ । देखिएका कमजोरी भएमा सच्याउन सकिन्छ तर आन्दोलनलाई नोक्सान हुने कुरातिर जानु हुँदैन”, उहाँले भन्नुभयो, “आत्मनिर्भर हुँदै हामी ऊर्जा र कृषि उपज निर्यातको चरणमा जानेछौँ । हाम्रो काँधमा आएको राष्ट्र निर्माणको यो अभिभारा र अवसरलाई उपयोग गरौँ ।”

‘एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ’

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गर्नुभयो ।

पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उहाँले भन्नुभयो, “यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन । हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् । त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।”

सीमा विवाद कूटनीतिक संवादबाट

नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे आफूले संसद्मा विस्तृतरुपमा राख्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौँ । सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन । यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो । हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौँ ।”

‘चौतर्फी र विकास र उपलब्धि’

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उहाँले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निमार्णमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र सङ्घीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताउनुभयो ।

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनःनिर्माणले असाधारणरुपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको जनाउनुभयो । उहाँले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौँका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराउनुभयो ।

उहाँले नयाँ कानून निर्माण भइरहेको, सङ्घीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय सङ्घीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराउनुभयो । यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताउनुभयो ।

उहाँले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com