ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१९ विश्व मानव हितका लागि कति उपयोगि रहयो (यहीवर्ष पहिलोपटक एचआइभी संक्रमित दुई व्यक्ति ठीक हुन सफल)


एबीसी न्यूज

एजेन्सी । २०२० नजिकिँदै जाँदा २०१९ कतिका लागि यो वर्ष साचेजस्तै रह्यो भने कति चाहिँ अनपेक्षित घटनाको शिकार हुनुपर्यो । यसबीच वर्ष २०१९ मा सबैभन्दा बढी जनप्रदर्शन भएको छ । दुर्घटना, जलवायु परिवर्तन, आर्थिक युद्ध लगायत विश्वले निकै तरंगित भयो । तर सबै क्षेत्रमा २०१९ ले केही न केही सुखद्र उपलब्धी पनि दिलाएको छ ।

वैश्विक सफल घटनाहरु अन्तर्गत यसवर्ष भारतले हालसम्मकै पहिलो महिला पाइलटलाई स्वागत गरेको छ भने अष्ट्रियाले पहिलो महिला चान्सलर पाएको हो । त्यस्तै युरोपेली कमिसनले पनि पहिलो महिला अध्यक्ष चयन गरेको छ ।
यसैगरी फिनल्यान्डको संसदमा हाल चार प्रमुख पार्टीमा महिलाहरुको बाहुल्यता रहेको छ ।

२०१९ मा पहिलोपटक विश्वका चारैवटा महत्वपूर्ण सौन्दर्य अवार्ड काला वर्णका महिलाले प्राप्त गरेका हुन् । यता मेकेडेनिया पुनः नामाकरणपछि ग्रीससँगको दशकौँदेखिको लडाईँ अन्त्य भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियामा कदम राख्ने पहिलो कार्यकालिन राष्ट्रपतिको नयाँ इतिहास रचेका छन् ।

त्यस्तै यसै वर्ष पोप फ्रान्सिस अरब मुलुक भ्रमण गर्ने पहिलो क्रिस्टियन पूजारी बनेका हुन् ।

अमेरिकामा भने यस वर्ष सिकागोले हालसम्मकै पहिलो अफ्रिकी अमेरिकी महिलालाई मेयरका रुपमा छनोट गरेको हो । त्यस्तै अलबामाले पनि २०० वर्षपछि कालो वर्णका मेयरलाई स्वागत गरेको छ । आईएसआईएसका लिडरको एन्काउन्टरमा सहयोग पुर्याएको सैनिक कुकुरलाई सम्मान दिएको खबरले पनि २०१९ मा विश्वव्यापी चर्चा पायो ।

मानव अधिकारवादीहरुका लागि पनि यो वर्ष केही हद्सम्म फलदायी नै साबित भएको छ । २०१९ मै इन्डोनेशियाले बालविवाह अन्त्य गर्न बेहुलीको न्युनतम उमेर निर्धारित गरिदिएको छ । त्यस्तै अब साउदीका महिलाहरु बिना रोकावट स्वतन्त्र रुपमा भ्रमण गर्न पाउने भएका छन् भने समलिङ्गी विवाहको पक्षमा प्रस्ताव पारिद गर्ने ताइवान एसियाकै पहिलो मुलुक बनेको छ ।

यता इरानका महिलाहरुले भने ४० वर्षपछि पहिलोपटक फुटबल स्टेडियममा बसेर हेर्न पाउने भएका हुन् । यसैगरी वर्ष २०१९ मा वातावरणीय सफलता पनि हासिल गरिएको छ । यो वर्ष ‘सिङ्गल–युज प्लाष्टिक’ माथि प्रतिबन्ध लगाउने देशहरुको सङ्ख्यामा अधिक वृद्धि भएको छ ।
त्यस्तै हम्पब्याक ह्वेललाई दक्षिण अट्लान्टिकमा लोप हुनबाट बचाइएको छ ।

यसैगरी लोप भइसकेको भनिएको एउटा प्रजातिको कछुवा अनि दुर्लभ कालो चितुवा १०० वर्षपछि फेला परेका हुन् । नासाका अनुसार पृथ्वी आजको २० वर्ष अगाडि भन्दा धेरै हरियो भएको छ । वैज्ञानिकहरुले विभिन्न जीवजन्तु र बोटविरुवाका ७१ वटा नयाँ प्रजातिको आविस्कार गरेका छन् ।

नर्दन ह्वाइट राइनो नामक दुर्लभ प्रजातिको अन्तिम गैँडालाई बचाउन जीवविद्हरुले नयाँ अण्डा विकसित गराएका छन् । क्यानडाले पनि यसै वर्ष मात्र ह्वेल र डल्फिनलाई कैद गर्नमाथि प्रतिबन्ध लगाएको हो । स्वास्थ्य र विज्ञानको क्षेत्रमा पनि २०१९ सफल रहेको बताइएको छ ।
वैज्ञानिकहरुले पहिलोपटक अल्जाइमरको लक्षण देखा पर्नु भन्दा १६ वर्ष अगाडि नै यसलाई पत्ता लगाउन सक्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले समलिङ्गीहरुलाई मानसिक रोगका बिरामीका रुपमा वर्गीकृत नगर्ने भएको छ । अल्जेरिया र अर्जेन्टिनाबाट मलेरिया पूर्ण रुपमा नष्ट भएका छन् । त्यस्तै यहीवर्ष पहिलोपटक एचआइभी संक्रमित दुई व्यक्ति ठीक हुन सफल भएका हुन् ।
र, एचआइभी पोजिटिभ भएर पनि पहिलोपटक एक महिलाले मिर्गौला दान गरेकी हुन् ।

मानव जातिसँग सम्बन्धित नयाँ प्रजातिको खोजी भएको छ । यसैगरी अफिकालाई पोलियोमुक्त गराउने उल्लेखनीय उपलब्धी पनि हासिल गरिएको हो ।

यता नासाले यो वर्ष पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर लिन सफल हुनुले पनि यो वर्ष अन्तरिक्ष विज्ञानका निम्ति अधिक महत्वपूर्ण साबित भएको छ । त्यस्तै हाम्रो वायुमण्डलमा पृथ्वी बाहिर पहिलोपटक पानी भेटिएको घटनाले पनि पृथ्वी बाहिर जीवनको नयाँ सम्भावना जगाएको छ । (सीएनएन बाट)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com