ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिए(भिडियोसहित)


admin
कार्तिक २०, २०७६ बुधबार  ३ : ३९ बजे

काठमाडौं २० कात्तिक । मेडिकल कलेजले मनलाग्दी शुल्क लिएको भन्दै चर्को शुल्क नलिन र लिइएको शुल्क फिर्ताको माग गर्दै चिकित्सा शिक्षाका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेभन्दा कयौँ गुणा बढी शुल्क लिने गरेको उनीहरुले बताएका छन् । सरकारले मेडिकल कलेजको छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

चिकित्सा शिक्षाका विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन् । देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु मेडिकल कलेजको विकृति, विसंगती र ज्यादतीका विरुद्ध महिनौंदेखि आन्दोलन गरिरहेका छन् । चितवन मेडिकल कलेजबाट शुरु भएको आन्दोलन गण्डकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज हुँदै देशभरको कलेजहरुमा फैलदो क्रममा रहेको छ । मेडिकल कलेजहरुले विद्यार्थीसँग मनोमानी रुपमा रकम असुली गर्ने गरेको र विद्यार्थीले तिरेर पढ्न सक्ने अवस्था नरहेको भन्दै सरकारले तोकेकै रकममा पढ्न पाउनुपर्ने माग साथ आन्दोलन गरिरहेका छन् । मेडिकल कलेजहरु विद्यार्थीको मागलाई धम्क्याउने शैलीमा प्रस्तुत भैरहेका छन् । भविष्यको डाक्टर विद्यार्थीहरु महिनौँदेखि आन्दोलनमा उत्रिइरहँदा भोलीको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो रहला भन्ने चिन्ताको विषय बन्न थालेको छ । सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार तथा बिडिएसमा १९ लाख रुपैयाँ शुल्क तोकेको छ । तर, कलेजहरुले विद्यार्थीसँग १० देखि ४० लाखसम्म बढी असुल्दै आएका छन् । सरकारले तोकेको शुल्कमै पढ्न पाउनुपर्ने र बढिरकम लिइएको फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।

त्यसो त सरकारले यस विषयमा पटक पटक सरोकारवाला निकायसँग बसेर छलफल नगरेको पनि होईन । मेडिकल कलेज सञ्चालकलाई बढी शुल्क नलिन सरकारले पटक–पटक निर्देशन दिएको भएपनि कार्यान्वयन र अनुगमन गराउने कुरामा भने सरकारकै कमजोरी रहेको छ । कतिपय कलेजमा रकम फिर्ता गराउने सहमति कलेज सञ्चालक र विद्यार्थी बसेर गरेको भएपनि विद्यार्थीले हालसम्म रकम फिर्ता पाएका छैनन् । चर्को रकम असुल्ने धन्दा मेडिकल कलेजले पनि छाडेको छैनन् । बरु, विद्यार्थीहरुमाथि कलेज संचालकहरुले मानसिक यातना बढाएका छन् । यसकारणले पनि विद्यार्थीहरु सरकारसँग असन्तुष्ट देखिएका छन् । आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई परिक्षा अथवा अन्य कुनै बहानामा मनोवैज्ञानिक रुपमा कमजोर बनाउन मेडिकल कलेज र सञ्चालक लागिरहेको उनीहरुको दाबी छ ।

मेडिकल कलेजको चर्को शुल्कका कारण हजारौँ विद्यार्थी पिडित छन् । मेडिकल कलेज सञ्चालकहरुले चिकित्सा शिक्षालाई सेवामूलक भन्दापनि व्यापारिक थलो बनाएका छन् । राम्रो डाक्टर उत्पादन गर्ने उच्चस्तरीय शिक्षा दिने भन्दा पनि कसरी हुन्छ बढी पैसा असुलौँ र कमाऔँ भन्ने धन्धा कलेज सञ्चालकमा देखिएको तथ्य लुकाएर लुक्दैन । होइन भने सरकारले तोकेको शुल्क भन्दा किन बढि लिइरहेको छन् उनीहरुले ? किन सरकारको निर्देशन मानिरहेका छैनन् ? के मेडिकल कलेजहरु सरकारभन्दा माथि हुन ? चर्को शुल्क असुलेपनि व्यवस्थापकिय पक्ष भने कमजोर रहेको विद्यार्थीहरुले गुनासो गर्दै आएका छन् ।
आन्दोलनका लागि विद्यार्थीहरु राजधानी काठमाडौँसम्म आइपुगेका छन् । यता शिक्षा मन्त्रालयकै कर्मचारी आन्दोलन र विद्यार्थीका मागहरुबारे अनभिज्ञता प्रकट गर्छन् । माग सम्बोधनका लागि भइरहेको पहल प्रयास बारे बोल्न एकले अर्काको मुख ताक्छन् । जनवादी शिक्षा ल्याउने हुँ भनेर आन्दोलनबाट आएका व्यक्तिले नै आज शिक्षा मन्त्रालय सम्हालिरहेका छन् । तर गरिबका छोराछोरीले पढाइमा जति नै अब्बल भएपनि चिकित्सा शिक्षा पढ्न नसक्ने अवस्था दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

चिकित्सा शिक्षालाई सर्वसाधारणको पहुँचमा पुराउन सरकार जिम्मेवार बन्नुपर्छ भने मेडिकल कलेज सञ्चालनको नाउँमा ठगी धन्दा गर्ने कलेज सञ्चालकलाई कारबाही गरेर कानुनी दायरामा ल्याउनुपर्छ । सरकारले तोकेकै शुल्कमा विद्यार्थीले पढ्न पाउनुपर्छ । उनीहरुको निर्धक्क पढ्न पाउने अधिकारको हनन हुनुहुँदैन । जनवादी शिक्षाको निम्ति लडेर आएको दाबी गर्ने वर्तमान शिक्षामन्त्रीले नेपालको शिक्षा पद्धती कस्तो हुँदै गइरहेको छ ध्यान पुर्याउन आवश्यक

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com