ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परियोजना थन्किएर बस्ने परिपाटी बन्द हुनपर्छ– मुख्यमन्त्री पौडेल


admin

काठमाडौं, १९ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताउनुभएको छ ।

बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा आज उहाँले तोकिएको समय सीमाभित्र काम सम्पन्न गरे ठेकेदार कम्पनीलाई सरकारले पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो । उहाँले २२ वर्षदेखिको सपना पूरा हुने दिशातर्फ अगाडि बढेको जनाउँदै सरकारले आगामी तीन वर्षभित्र कक्षा सञ्चालन गर्ने वातावरण बनाउने उल्लेख गर्नुभयो ।

प्रदेश ३ मात्र नभएर सिङ्गो राष्ट्रलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशी जनशक्तिले विदेशी जनशक्तिलाई विस्थापित गराउनुपर्ने उहाँको धारणा थियो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को हेटौँडामा मात्र नभएर प्रत्येक जिल्लामा र हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय आवश्यक पर्ने बताउँदै प्रदेश सरकार त्यसतर्फ अगाडि बढेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीले धेरै वर्षअघि देख्नुभएको सपना पूरा गर्न लामो समय कुर्नुपरेको बताउनुभयो । मन्त्री दुलालले प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्रीको अगुवाइमा प्रदेश ३ सरकार महाविद्यालय निर्माण गर्न लागि परेको र थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो ।

उहाँले प्राविधिक महाविद्यालयले मकवानपुरको पहिचान नै बदल्ने धारणा राख्नुभयो । औद्योगिक नगरीको परिचय बनाएको हेटौँडाले शैक्षिक केन्द्रको रूपमा समेत नयाँ परिचय निर्माण गर्दैगरेको अवस्थामा महाविद्यालयले त्यसलाई पूर्णता दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सुषुप्त भइसकेको परियोजनालाई मुख्यमन्त्री पौडेलको पहलमा ब्युँताएर शिलान्यासको अवस्थामा ल्याइएको र अब दुई वर्षपछि उद्घाटनसमेत गरिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले द्रुतगतिमा विकास हुँदै गएको मकवानपुरमा महाविद्यालय नयाँ फड्को भएको बताउनुभयो । उहाँले मकवानपुरले विकासमा एकपछि अर्को फड्को मार्दै गएको बताउँदै योजनाहरु सम्पन्न गराउन स्थानीयवासीहरुको पनि सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

भारत सरकारको अनुदान सहयोगमा भा रु ३८ करोड ५३ लाख नेरु करिब ६२ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कप्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केपी ओलीको स्थान हद फुकुवा

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com