ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानको अन्तर्राष्ट्रिय समुदायद्वारा सराहना– प्रधानमन्त्री ओली


admin
कार्तिक ६, २०७६ बुधबार  ७ : ४२ बजे

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अङ्गीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठह¥याउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताउनुभएको छ ।

नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रियरुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको जानकारी गराउनुभयो ।

“हामीले तय गरेको राष्ट्रिय आकाङ्क्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेका हौ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धिलाई पहिचान गर्न थालेको छ । भोलीका दिनमा नेपालको संविधानले अझ ठूला सम्मान प्राप्त गर्नेछ ।”

प्रधानमन्त्री ओलीले युवा परिचालनसम्बन्धी कानूनी व्यवस्था र त्यसको व्यावहारिक पक्षलाई समेत मूल्याङ्कन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिनुभयो । संविधानमा युवा सहभागिता, सशक्तीकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायतका कानूनी व्यवस्था उदारणीय भएकोले नेपाललाई सो अवार्ड दिइएको वल्र्ड फ्युचर काउन्सिलले उल्लेख गरेको छ ।

युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकारबारेको उपलब्धि भनिएको छ । सर्बियाको राजधानी बेलग्रेडमा हालै आयोजित अन्तर–व्यवस्थापिका सङ्घ ९आइपीयसु०को १४१औँ सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्णरुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

आइपियु, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम ९युएनडिपी० र वल्र्ड फ्युचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाललगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो ।

सो अवार्ड आइपियुमा सहभागी नेपालको सङ्घीय संसद्को प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमकाबीच ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com