काठमाडौं,९ वैशाख । ब्यानरमा लेनिनको फोटो नभएकोले लफडा भएपछि रोकिएको एमाले–माओवादीको संयुक्तसभा सुरु भएको छ । दुवै दलबीच छेउछाउमा दुवै दलका छुट्टाछट्टै ब्यानर राखेर संयुक्तसभा अगाडि बढाउने सहमति भएको हो । औपचारिक कार्यक्रम दुवै दलका ब्यानर तयार भएर आइसकेपछि कार्यक्रम सुरु भएको हो ।