काठमाडौं, ९ वैशाख । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीको संयुक्त सभामा राखिएको ब्यानरमै लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी छन् ।
पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रम सुरु नहुँदै विवाद भएको छ ।
कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर र केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।
लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे हुन । अहिले कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ । नाराबाजीपछि कार्यक्रम सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्