काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ...