ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी सिड्नी थिएटरमा १९७४ एडीले पहिलोपटक प्रस्तुति दिँदै


एबीसी न्यूज

काठमाडौं ४ असोज । चर्चित ब्यान्ड ‘१९७४ एडी’ यतिखेर स्थापनाको तीस वर्षको उपलक्ष्यमा सांगीतिक विश्वभर सांगीतिक यात्रा गरिरहेको छ। जर्मनी र युकेमा प्रस्तुती दिएपछि ब्याण्ड यति बेला अष्ट्रेलियाका विभिन्न सहरहरूमा कन्सर्ट गरिरहेको छ।

ब्रिसबेन, पर्थ, मेलबर्न, एडिलेड, होबर्ट र क्यानबेरामा कन्सर्ट भइसकेका छन्।

ती सबै यात्रामा फ्यानहरूलाई भेट्नु उनीहरूलाई विशेष थियो नै, तर यसपल्ट सिड्नीमा हुन लागिरहेको कन्सर्ट १९७४ एडीको लागि मात्र नभएर समग्र नेपाली संगीतकै लागि ऐतिहासिक हुँदैछ।

ब्यान्डले सेप्टेम्बर २१ मा बजाउन लागेको ठाउँ आइसिसी सिड्नी थिएटरमा पहिलोपल्ट नेपाली साङ्गीतिक ब्याण्डले प्रस्तुति दिन लागेको हो। करिब ९ हजार दर्शक क्षमताको भए पनि उक्त हलको आधा मात्र लिएको आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टले जनाएको छ।

उनीहरूका अनुसार ब्यान्डको प्रस्तुति दौरान थिएटरमा ५५०० दर्शक हुनेछन् । सिड्नीको प्रस्तुतिलाई लिएर आफूहरू उत्साहित रहेको ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकर याक्थुम्बाले बताए।

उनले भने, ‘यसपटक ३०औँ स्थापना दिवसमा सिड्नीमा केही विशेष प्रस्तुति दिने प्रयास गर्नेछौँ। कुनै पनि नेपाली ब्याण्डले पहिलो पटक आइसिसीमा प्रस्तुति दिनु पाउनु आफ्नो लागि ठुलो अवसर र मौका हो।’

सिड्नीमा भएको कन्सर्टसँगै अष्ट्रेलिया यात्राको मैझारो हुने ब्याण्डले जनाएको छ। ब्यान्डको यसपटकको अष्ट्रेलिया कन्सर्टमा नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क दर्शक भएर सहभागी भइरहेकी छन्।

सेप्टेम्बर १९ मा क्यानबेरामा भएको कन्सर्टमा त उनी स्टेजमा चढेर नेपालको झण्डा फरफराइरहेकी थिइन्। उनले १९७४ एडीको टिसर्ट पनि लगाएकी थिइन्।

उनी स्टेजमा चढ्नु केवल संयोग मात्र हैन। उनले ब्यान्डको पछिल्लो एउटा गीतमा स्वर पनि दिएकी छन्।

‘दिलले हैन जातले’ बोलको त्यो गीतको कोरस खण्डमा उनको स्वर सुन्न पाइन्छ। उक्त गीत आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी भए पनि ब्याण्डले प्रस्तुतिहरूमा भने गाउने गरेको छ।

यसअघि जर्मनी र युकेमा भएको कन्सर्ट एकदमै सफल भएको थियो। ३१ अगस्टमा युकेमा भएको लाउड आउट म्युजिक फेस्टिभलमा त ६ हजार भन्दा धेरै नेपालीहरू आएका थिए।

बर्तिका एम राई, जोन एण्ड द लोकल्स, अनि वाङ्देन शेर्पा, सहित सहभागी भएको त्यो कन्सर्टको अन्तिममा सबैले ‘यो मन त मेरो नेपाली हो’ गीत गाएर १९७४ एडीलाई ३० औँ वर्षगाँठको लागि शुभकामना दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com